स्मृतिका पन्नाहरु

हावाको क्यान्भासले पल्टाएका स्मृतिका केही पन्नाहरु

काठमाडौं । गणतन्त्र नेपालको पहिलो राष्ट्रपतिय निर्वाचनले हिजो पूर्णता पाउन सकेन । राष्ट्रपतिमा उम्मेदवार बनेका दुईमध्ये कसैले पनि स्पष्ट बहुमत प्राप्त गर्न नसकेकाले पुनः मतदान गर्नुपरेको छ भने उपराष्ट्रपतिमा मधेसी जनअधिकार फोरमका तर्फबाट उम्मेदवार बनेका परमानन्द झा विजयी भएका छन् । सर्वोच्च अदालतका पूर्वन्यायाधीश समेत रहेका झा राजनीतिमा प्रवेश गर्नेवित्तिकै उच्च राजनीतिक ओहोदामा पुगेका छन् । उनको प्रतिद्वन्द्वी माओवादीका तर्फबाट उम्मेदवार बनेकी शान्ता श्रेष्ठले २ सय ४३ मत प्राप्त गरेकी छिन् । सहमति भएपछि निस्क्रिय बनेका कांग्रेसका तर्फबाट उपराष्ट्रपति पदका अर्का उम्मेदवार मानबहादुर विश्वकर्मालाई २ र एमालेकी अष्टलक्ष्मी शाक्यलाई ४ मत परेको थियो ।
निर्वाचन परिणामअनुसार राष्ट्रपतिका लागि नेपाली कांग्रेस एमाले र मधेसी जनअधिकार फोरमका संयुक्त उम्मेदवार बनेका डा। रामवरण यादवले २ सय ८३ मत प्राप्त गरेका छन् ।
उता माओवादीका तर्फबाट उम्मेदवार बनेका रामराजाप्रसाद िसंहलाई २ सय ७० मत प्राप्त भएको छ । स्पष्ट बहुमत आउन २ सय ९८ मत प्राप्त हुनुपर्ने भएकाले त्यति मत नपाउँदासम्म मतदान प्रकि्रया जारी रहनेछ । कुल खसेको मतमध्ये रामवरण यादवको ७ मत र रामराजाप्रसाद िसंहको १८ मत बदर भएको थियो भने १६ सवासद्ले मतदान प्रकि्रयामा भाग लिएका थिएनन् । पूर्वनिर्धारित कार्यक्रमअनुसार राष्ट्रपतिको टुंगो नलागेपछि भोलि सोमबार हुने अर्को निर्वाचनमा प्रभावित पार्न देशी-विदेशी शक्तिहरुको व्यापक चलखेल सुरु भएको छ । लामेा समयसम्म भारतको आश्रयमा बसेका रामराजाप्रसाद िसंहलाई जिताउन भारतीय राजदूतावास खुलेआम लागेको छ । भारतीय राजदूतावासले जुनसुकै हालतमा भए पनि रामराजाप्रसाद िसंहलाई जिताउन दलहरुलाई दबाब दिन थालेको छ भने सांसद खरिद बिक्रीको क्रम पनि त्यत्तिकै रुपमा बढेको छ । माओवादी र अन्य गठबन्धन तीन दलले आफ्ना उम्मेदवारलाई जिताउन साना दलहरुसँग छलफल अगाडि बढाइरहेका बेला विदेशी शक्तिहरुको चलखेल बढेकाले भोलि अप्रत्यासित परिणाम आउन सक्ने संकेतसमेत देखापरेको छ । स्वच्छ प्रतिस्पर्धा सहमतिको राजनीतिबाट हटेर सत्ता खिचातानीको प्रकि्रयामा प्रवेश गरेको मुलुकको राजनीतिमा सभासद् खरिदबिक्रीको यो चरणले राजनीतिक स्वच्छताको छविमाथि हिलो छ्यापिएको छ ।

1 तपाईका प्रतिक्रियाहरु:

Job in Nepal. said...

my name is kiran prasain. Nice blog!