स्मृतिका पन्नाहरु

हावाको क्यान्भासले पल्टाएका स्मृतिका केही पन्नाहरु

4:20:00 am

अब बिरूवाले पनि ब्लग लेख्छ रे

सामग्री प्रस्तुति Ram Prasad Panta

जापानमा बिरूवालाई आफ्ना भावना इन्टरनेट ब्लगमा लेख्न सिकाइएको छ । ४० सेन्टिमिटर लामो गमलामा रोपिएको बिरूवाले क्याफेमा बसेर आफ्नो भावनाको बारेमा नियमित रूपमा ब्लग लेखिरहेको छ । 'मोदिरी-सान' वा जापानी भाषामा हरियो नाम गरेको बिरूवालाई टोकियोको कामाकुरा क्याफेको काउन्टरमा राखिएको छ । यस बिरूवाले सेन्सरको सहयोगमा दैनिक रूपमा ब्लग लेखिरहेको छ । सेन्सरले इलेक्टि्रक सिङनलको मापन गर्छ । बिरूवाले लेखेको भावनालाई कम्युटर एलगोरिदमले जापानी भाषामा अनुवाद गर्छ । 'सुरुमा बिरूवाले कस्तो अनुभव गर्छ भन्नेमा हाम्रो रुचि थियो । हामीले नदेख्नेगरी उनीहरूले अभिव्यक्ति गरिरहेका छन्,' अनुसन्धानकर्ता सातोसी कुरिबायसीले भने । मादोरी-सानको मुटु आकारको पातको सतहमा इलेक्टि्रक संकेत दिइन्छ । यो उज्यालो र मानिसको छुवाइसँग निकै संवेदनशील रहन्छ । बिरूवासँग जोडिएको सेन्सरले बिरूवाको भावनाको मापन गर्छ । बिरूवाले अनुभव गरेका भावना क्याफेमा रहेको कम्युटरमा पठाइन्छ । बिरूवाले पठाएको संकेतलाई कम्युटरले एलगोरिथम्सको सहायताले जापानी भाषामा अनुवाद गर्छ । अनुदित शब्द आफसेआफ मिदोरिज ब्लगमा पोस्ट हुन्छन् । 'आज घमाइलो दिन थियो । मैले घाम ताप्ने धेरै मौका पाएँ । ....आज निकै रमाइलो भयो' गत साता मिदोरिज बिरूवाको ब्लगमा लेखिएको थियो । केही समयअगाडि मात्र मिदोरिजको ब्लगमा लेखिएको थियो 'आज निकै बादल लागेको दिन छ, आज निकै जाडो छ ।' आगामी दिनमा मिदोरिजका भावना अझ स्पष्ट रूपमा प्रतिबिम्बित हुने वैज्ञानिक कुरिबायासीले बताएका छन् । जापानमा मोबाइल फोनद्वारा ब्लग लेख्ने प्रचलन निकै बढेको छ । सन् २००७ मा जापानी भाषामा सबैभन्दा बढी ब्लग पोस्ट भएको टेक्नोक्र्याटिकले उल्लेख गरेको छ । दोस्रोमा अंग्रेजी र तेस्रोमा चाइनिज छन् । युनिभर्सिटी अफ अक्सफोर्ड र ओभिडोको एक अध्ययनअनुसार जापानमा विश्वमा गुणस्तरीय ब्रोडब्यान्ड इन्टरनेट कनेक्सन रहेको छ ।

0 तपाईका प्रतिक्रियाहरु: