स्मृतिका पन्नाहरु

हावाको क्यान्भासले पल्टाएका स्मृतिका केही पन्नाहरु

5:04:00 am

बान की मुनको सन्देश

सामग्री प्रस्तुति Ram Prasad Panta

संयुक्त राष्ट्रसंघका महासचिव बान की मुनको नेपाल यात्रा छोटै अवधिको भए पनि ऐतिहासिक महत्त्वको बन्न पुगेको छ । उनी नेपाल यात्रा गर्ने पाँचौं राष्ट्रसंघीय महासचिव मात्र होइन, बौद्ध संस्कृतिमा गहिरो आस्था राख्ने तत्कालीन महासचिव उ-थान्तपछिका दोस्रा व्यक्तित्वसमेत हुन् । यति मात्र पनि होइन, संक्रमणबाट गुजि्ररहेको नवोदित संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको स्थायी शान्तिप्रक्रियाका अत्यन्त महत्त्वपूर्ण सहयोगी पनि हुन् बान की मुन । विश्व संस्थाको सर्वोच्च पदाधिकारीका रूपमा उनको भ्रमणले नेपालको शान्तिप्रक्रियालाई टंुगोमा पुर्‍याउन केही अहं महत्त्वका सन्देश पनि दिएको छ । नेपालका महत्त्वपूर्ण हस्तीहरूसँगको मुनको भेटघाटले उनीहरूको ँमुड’ बुझ्न, नियतको राम्ररी अध्ययन गर्न र थप सहयोगको खाका तयार गर्न अवश्य नै मद्दत पुग्नेछ । सर्वप्रथम त मुनले नेपाली जनतालाई शान्तिस्थापनामा हासिल गरेको उपलब्धिका लागि बधाई दिए र सन् ०१५ सम्म सहस्राब्दी लक्ष्य पूरा गर्नमा जोड दिए । शिक्षा, स्वास्थ्य, लैंगिक समता, गरिबी उन्मूलन, सामाजिक र राजनीतिक समावेशीकरणजस्ता परिसूचकमा जोड दिइएको सहस्राब्दी लक्ष्य द्वन्द्व समाधानका निम्ति सर्वाधिक महत्त्वपूर्ण परिसूचकका आधार हुन सक्छन् भन्ने स्थापित मान्यताको एक पक्षराष्ट्र हो नेपाल । र, यतिबेला जब नेपाल संविधान निर्माणप्रक्रियामा अघि बढ्ने क्रममा छ, माओवादी नेतृत्वमा सरकार बनेको छ, र सरकारबाहिर प्रतिपक्षका रूपमा बसेर एक महत्त्वपूर्ण दल नेपाली कांगे्रसले शान्तिप्रक्रियामा ँहलो अड्काइरहेको’ अनुभव गरिँदै छ, महासचिवको आग्रहपूर्ण सन्देशले सबैलाई एक ठाउँमा आउन अभिप्रेरित गर्छ । दोस्रो, मुनले प्रधानमन्त्री प्रचण्डको न्युयोर्क भ्रमण तथा भेटघाटको स्मरण गर्दै प्रचण्डले शान्तिस्थापनामा नेपाललाई विश्वकै नमुना राष्ट्रका रूपमा खडा गर्न चाहेको उल्लेख गरी सो ँआश्चर्यजनक लक्ष्य’ प्राप्त गर्न प्रधानमन्त्रीसमक्ष सबैलाई एक ठाउँमा ल्याउन आग्रह गर्नुभएको छ । यसबाट नेपालको शान्तियात्रामा प्रचण्डले निर्वाह गरेकोे भूमिकालाई उनले खास महत्त्व दिएको र तदनुकूल आशा गरेको बुझन्िछ । रष्ट्रसंघ महासचिवले जारी शान्तिप्रक्रियामा माओवादी लडाकूहरूको समायोजन र पुनस्र्थापन कार्यलाई विशेष महत्त्व दिँदै सो काम नभएसम्म शान्तिप्रक्रिया पूरा नहुने बताएका छन् । यस अवधारणाले यस्तो महत्त्वपूर्ण मुद्दामा अल्मलिएको नेपाली राजनीतिलाई एकप्रकारले तरंगित पारेको हुनुपर्छ । उनले नेपाली कांग्रेसका सभापतिसँग पनि यी विषय उठाएको अनुमान गर्न कठिन छैन । नेपाली कांग्रेस अहिले सरकारले गठन गरेको तद्विषयक समितिमा सहभागी हुन मानिरहेको छैन र केही प्राविधिक कुरामा असहमति जनाइरहेको छ । सारतः यसैले महासचिवले सरकारलाई नेपाली कांग्रेसको सहभागिता सुनिश्चित गर्न तथा अन्य दलको अभिमत लिनसमेत आग्रह गरेका हुन् भन्न सकिन्छ । तेस्रो, महासचिव मुनले कंगोको द्वन्द्वमा नेपाली सेनाका एक मेजरकोे वीरतापूर्ण उत्सर्गघटना स्मरण गरेर नेपालले अन्तर्राष्ट्रिय शान्ति मिसनमा निर्वाह गरेको भूमिकाको हार्दिक प्रशंसा गरी नेपाली जनताले त्यसैगरी नेपालको शान्तिप्रक्रियामा उत्सर्ग गर्नसक्ने आशय व्यक्त गरे । यसबाट महासचिवले नेपालका दल र जनतामाथि ठूलो भरोसा राखेको स्पष्ट हुन्छ । महासचिवले नेपाली राजनीतिक नेतृत्व र जनताप्रति देखाएको भरोसालाई दृष्टिगत गरी वर्तमान जडताको उपयुक्त निकास खोज्नुपर्ने र उच्चतम राजनीतिक सुझबुझ देखाउनुपर्ने बेला आएको छ । अब पनि कांग्रेसले माओवादीलाई पुरानै दृष्टिले हेर्न मिल्दैन, किनकि उसले अन्तर्राष्ट्रिय मञ्चबाट मान्यता पाइसकेको छ- संरासं महासचिवको नेपालभ्रमणले यही सन्देश दिएको छ ।

0 तपाईका प्रतिक्रियाहरु: