स्मृतिका पन्नाहरु

हावाको क्यान्भासले पल्टाएका स्मृतिका केही पन्नाहरु

मोटो शरीर भएका एक जना मित्र मुटुरोग विशेषज्ञ छन् । उनी आफ्ना बिरामीलगायत सबैलाई मोटोपन घटाउन र व्यायाम गर्न सल्लाह दिन्छन् । तर उनको आफ्नै पेटचाहिँ भ्यात्त अगाडि आएको छ । उनी त्यो पेटलाई समय-समयमा मायाले मुसारिरहन्छन् । उनको कमर ँकमरा’ अर्थात् कोठाजस्तै बन्न पुगेको छ । उनलाई मोटोपनको कारणले ४ तला भर्‍याङ चढ्नसमेत स्याँ-स्याँ हुन्छ । अरुलाई कम खाऊ र तौल घटाऊ भन्ने ती डाक्टर आफूचाहिँ मजासँग तारेको मासु, तेल-मसलाले लदबद भएको तरकारी, घिउ हालेको भातजस्ता मोटोपन बढाउने खाना नखाए त खाएको स्वादै आउँदैन भन्छन् । अरुलाई उपदेश दिन धेरै सजिलो हुन्छ । किताबमा पढेर मोटोपन कसरी घटाउने भन्ने सल्लाह दिन पनि गाह्रो हुँदैन । जब तौल घटाउने कुरा व्यवहारमा लागू गर्नुपर्छ तब साँच्ची नै गाह्रो हुन्छ । एकातिर ग्रामीण क्षेत्रमा खान कम भएर र शारीरिक कामको बोझले थुप्रै व्यक्ति कुपोषणको सिकार भएका छन् भने अर्कातिर खासगरी सहरी क्षेत्रमा बस्ने सुविधाभोगीहरुमा व्यायामको कमी, गुलियो-चिल्लो, पाकेटबन्द खानाको बढी प्रयोगले मोटोपनको समस्या देखिन थालेको छ । नेपाल हालसम्म मोटोपनले ठूलो समस्याको रुप लिएको नदेखिए पनि केही वर्षछि यो ठूलो समस्याको विषय बन्ने देखिएको छ । अहिले नै सहरी क्षेत्रमा उच्च रक्तचाप, मुटुरोग, मधुमेह, विभिन्न किसिमका बाथका समस्याले ग्रस्त भएका रोगीहरुको संख्या बढ्दो छ ।व्यापारी, इन्जिनियर, राजनीतिक जुनसुकै क्षेत्रका मानिसमा पनि अहिले मोटोपनको समस्या देखिन थालेको छ । सचेत वर्ग भएर पनि उनीहरुलाई शरीर किन मोटो बनाएको भनी र्सवसाधारणले पनि प्रश्न गर्छन् । आफू मोटो भए पनि केही डाक्टरले अरु रोगीलाई सुझाव दिन्छन् । त्यो बेला रोगीले डाक्टरको बडेमानको भुँडी देखेर पक्कै पनि मनमनमा भन्छन्- ँमलाई सुझाव दिनेले आफूले तौल घटाउन किन नसकेको होला -’ For More Information Click Here

0 तपाईका प्रतिक्रियाहरु: