स्मृतिका पन्नाहरु

हावाको क्यान्भासले पल्टाएका स्मृतिका केही पन्नाहरु

4:29:00 am

राजेन्द्रको पुनरागमन

सामग्री प्रस्तुति Ram Prasad Panta

काठमाडाै/ राजेन्द्र भण्डारी नेपाली एथ्लेटिक्स क्षेत्रमा नौलो नाम होइन । मध्यम दूरीका दौडमा विशेष क्षमता प्रदर्शन गर्दै नेपाली खेलजगतमा एकछत्र राज गरेका भण्डारीले दुई वर्षअघि श्रीलंकामा सम्पन्न दसौं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा प्रतिबन्धित शक्तिबर्द्धक औषधि प्रयोग गरी दौडेको प्रमाणित भयो । र, उनीमाथि दुई वर्षको प्रतिबन्ध लाग्यो । गत महिनामात्र उनीमाथि लागेको दुई वर्षको प्रतिबन्ध फुकुवा भयो । प्रतिबन्धपछि उनले पहिलो सहभागिता म्याराथनमा जनाए । लामो दूरीको दौडमा पनि आफू सक्षम रहेको प्रमाणित गर्दै सहभागी ६८ मध्ये पहिलो भए । काठमाडौं एथ्लेटिक्स क्लबले आयोजनामा शनिबार सम्पन्न खुला अन्तर्राष्ट्रिय काठमाडौं म्याराथनको उपाधि जितेका हुन् नेपाल आर्मीका धावक राजेन्द्र भण्डारीले । दुई वर्षपछि पहिलो सहभागिताका रूपमा रहेको म्याराथन दौड २ घन्टा २२ मिनेट १८ सेकेन्डमा पूरा गरेपछि उनले पाँच हजार अमेरिकी डलर पुरस्कार पनि पाएका छन् । 'दुई वर्षको प्रतिबन्धपछि सहभागितामै उपाधि जित्दा खुसी लागेको छ,' पहिलो मध्यम दूरीका धावक रहेका भण्डारीले भने, 'अब म लामो दूरीमा केही गर्ने सोचमा छु ।' प्रतिबन्धित अवधि समाप्त हुनेक्रम अघि बढ्दै जाँदा धावक भण्डारीले उत्कृष्ट पुनरागमन नगरेसम्म एक्लै प्रशिक्षण लिने र रंगशाला पनि नजाने 'कसम' खाएका थिए । त्यसैले चार महिनाअघिदेखि एक्लै प्रशिक्षण सुरु गरेका थिए उनले । 'जबसम्म पुनरागमनलाई सुखद बनाउन्न, तबसम्म अरूसँग प्रशिक्षण नलिने सोचाइ बनाएको थिएँ,' भण्डारी भन्छन् । प्रतिबन्धित अवधिमध्येको ६ महिना पाँचखालमा -सैनिक प्रशिक्षण केन्द्र) प्रशिक्षण, अनि ६ महिना हाइटीमा शान्ति स्थापना गर्न खटिए । 'त्यसपछि केही महिना घरपरिवारलाई दिइयो र पछिल्लो चार महिना प्रशिक्षणमा बिताइयो,' म्याराथनको तयारी धेरै नगरेको जानकारी दिन्छन् उनी । 'जित्छु भन्ने आत्मविश्वास कता-कता थियो, सधैं दौडिरहेका साथीहरूसँग दौडदै छु भन्ने सोच्दा बिहान डर पनि लागेको थियो,' उनी भन्छन्, 'तर पनि पार गरे स्वर्ण नत्र दुर्भाग्य भन्ने सोचेर दौडेँ ।' भण्डारीसँगै त्रिभुवन आर्मी क्लबका खेलाडी रहेका अर्जुनकुमार बस्नेतले दोस्रो स्थान हासिल गरे । उनले २ घन्टा २४ मिनेट ३४ सेकेन्डमा दूरी पूरा गरे । 'दौड सुरु गर्दा पहिलो हुन्छु भन्ने लागेको थियो,' ३३ वषर्ीय अर्जुन भन्छन्, 'तर भक्तपुरबाट अलि पछि परियो, तर पनि आप\mनै साथीले जित्दा खुसी लागेको छ ।' गत महिना रियल काठमाडौं अन्तर्राष्ट्रिय म्याराथनमा पनि दोस्रो भएका अर्जुनले यसपटक दोस्रो भएर तीन हजार अमेरिकी डलर पुरस्कार पाए । त्यसअघि, बेइजिङ ओलम्पिकमा समेत सहभागी भएका धावक बस्नेत आगामी महिना पोखरामा हुने म्याराथनमा पनि सहभागिता जनाउने तयारीमा छन् । लगातारको सहभागिताले पनि पहिलो हुन नसकेको उनी स्विर्काछन् । पहिलो र दोस्रो मात्र होइन आर्मीका सात धावक शीर्ष दसभित्र परे । जेसु एन्ड नेपालय, पmान्सको प्रायोजनमा भएको दौडमा सशस्त्र प्रहरीका अर्जुन ढकाल तेस्रो भए । ढकालले २ घन्टा २८ मिनेट २९ सेकेन्डमा दौड पूरा गरेका थिए । म्याराथनमा ६८ धावकले सहभागिता जनाएका थिए । सोही प्रतियोगिताअन्तर्गत स्कुलस्तरीय छात्र तथा छात्रा ५ किमि दौड पनि सम्पन्न भयो । जसअन्तर्गत छात्रातर्फ वासु मावि भक्तपुरकी सरिता बासी २१ मिनेट २९ सेकेन्डमा दौड पूरा गरी पहिलो भइन् । यसैगरी, शारदा उच्चमावि भक्तपुरकी सुमित्रा कोजु २१ मिटर ३९ सेकेन्डमा दौड पूरा गरी दोस्रो र वासु माविकै अनु तजले २१ मिनेट ५१ सेकेन्डमा दौड पूरा गरी तेस्रो भइन् । छात्रतर्फ ज्योतिदयका दीपक देशारले १६ मिनेट ३० सेकेन्डमा दौड पूरा गरी पहिलो भए । आदर्श आजाद भक्तपुरका सुरेन्द्र ग्वाचा १७ मिनेट ३० सेकेन्डमा दघूरी पार गरी तेस्रो र नालन्दा एकेडेमीका कृष्ण महर्जन १७ मिनेट ५४ सेेकेन्डमा दूरी पार गरी तेस्रो भए । विजेतालाई नेपालका लागि जापानका राजदूत ताजुओ मिजुनोले पुरस्कार वितरण गरे । यसैगरी, चौथोदेखि दसौं भएका खेलाडी र छात्रछात्रातर्फको विजेतालाई रिबोकद्वारा प्रायोजित खेलकुद सामग्री प्रदान गरियो । कार्यक्रममा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष ध्रुवबहादुर प्रधान, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव जीवनराम श्रेष्ठलगायतको उपस्थिति थियो ।

0 तपाईका प्रतिक्रियाहरु: