स्मृतिका पन्नाहरु

हावाको क्यान्भासले पल्टाएका स्मृतिका केही पन्नाहरु

3:56:00 am

आमाको मृदु सपना कथा

सामग्री प्रस्तुति Ram Prasad Panta

- युवा पाठक निती
ूनानी ढोका खोलन । यतिबेलासम्म कति सुतिराखेको ू एकाबिहानै बाहिर कुनै बृद्धाले बॊलाएको आवाजले मेरो निद्रा भङ्ग भयो । मैले झ्यालको पर्दा खोलेर बाहिर नियालें । झट्ट हेर्दा कुप्रो शरिर मेरो अगाडी प्रतिबिम्बित थियो । प्रष्टसंग बृद्धालाई ठम्याउन त सकिन् तर औपचारिकता पुरा गर्न भित्र बोलाएँ । ूआउनुस् न आमा बस्नुस् । कताबाट आउनुभयो एकाबिहानै ूम घरैबाट नानी ।ूमैले आमालाई अलि ठम्याउन सकिन नीूम शहिद बिष्णुकी आमा भट्राइनी बुढी क्या । शहर पसेपछी मलाई के चिन्थ्यौ र नानीूआमाले आफ्नो परिचय दिएपछि त्यो बिगत मैले स्मरण गरें जुन बिगतमा उनै आमा हाम्री रक्षक भएकी थिइन् । यति धेरै समय भइसकेछ आमाको अनुहार पनि फेरिएछ । त्यसो त कोमल अबस्थाकी ममा पनि हल्का जवानीको रङ्ग चढ्दैछ । आमासंगको भेटले उत्साहित बनायो मलाई । उत्साह झट्टै पोखिहालें । ूओहो † आमा सन्चै हुनुहुन्छ के छ हालखबर ूके हुनु नानी लालाबाला गोठभरि छन् दमले थला परें बा । तातोपानी तताएर खान दिने मान्छे पनि कोही छैन । ूआमाको ब्यथा यति धेरै बल्झिएको छ भन्ने मैले सुनेकी मात्र थिएँ । माथी डाँडाघरे कान्छी औषधी गर्न काठ्माण्डौ गएकी थिई । त्यसैबखत सुनाएकी थिई उसले मलाई यी सब कुरा । आमालाई आफ्नै आँखा अगाडी त्यो हालत देखें मैले र अनभिज्ञता प्रकट गरें । ूओहो † त्यसो भए आजकल कमरेडहरु कोही आउँदैनन् ूकमरेडहरु सबै शहरमा छन् रे । गाउँमा कोही छैनन् आजकल । मत माया लागेर यी यिनै सेना कमरेडहरुको फोटो हेरेर बस्छु बा ।ूकमरेडहरुले आमासंग यति धेरै दुरी बढाएछन् । खोई बिगत त किन बिसे्र किन नदुखेको होला आमाको चोटले उनीहरुलाई म पनि त त्यसै ड्याङकी मुला हुँ । आमालाई शान्त पार्दै भनेंूआमा चिन्ता नमान्नुस् । गाउँमा नआई कसैलाई सुखै छैन नि ।ूखोइ नानी ू आमाको बोलीमा अविश्वास र निराशा देखियो ।यसपाला दशैंमा घर गएको मौका । गाउँले आमा र सखाहरु घरमै आए । आफ्नो अतितलाई सखाहरुको भेटले केहि क्षण भुलाउने कोसिस गर् यो । मलाई दशैंको नशाले घर पुर् याएको होइन मौका नै यही हो संगीसाथीहरुलाई भेट गर्ने । दशैं त कता-कता अमिलो र पिरो भयो । दशै-दशाले भरिएको मेरो गाउँमा दशैं गुलियो मिठो र चङगिलो हुने त कुरै भएन । यस्तै तितो र नमिठो लागेको छ दशैं भट्राइनी आमालाई पनि । म मनमनै गम्दै थिएँ । ूदशैं मान्न घर आएकी नानी ू-आमाको प्रश्नले म सोचबाट ´स्किएँ ।ूहोइन आमा होइन भनौं भने हाे हो भनौं भने होइन ।ू मेरो प्रतिकि्रया आमाले बुि´न् कि बुि´नन् थाह छैन । उनी त मसामु आफ्नै पिरलोहरु पोखिरहिन् ूमलाईं दशैं लागेन नानी कहिल्यै लागेन । मत शहिदकी आमा पो त मत फाल्गुन १ गते पर्खेर बसेकी छु । गुन्युको फेरबाट एउटा धमिलो फोटो झिकेर त्यस फोटोभित्रका आकृतिहरु चिनाउदै भनिन् ूहेर त यो मेरो जेठो छोरो बिष्णु यी माइली छोरी बिनिता अनि यी कान्छी छोरी प्रतिमा । प्रतिमा यी यीनी कान्छी छोरी । कमरेड क्रान्ति पनि भन्थे यिनलाई ।ू मैले गाउँ छोडेको धेरै बर्ष भएको थियो । सहकर्मिहरुको हत्याको खबर त सुनेकी थिएँ । मलाई त्यस खबरले यति मर्माहत बनाएको थियो म बर्णन गर्नै सक्दिन । संगै खेलेका साथीहरु । अझ प्रतिमा त स्कुले साथी पनि हुन् । त्यतिमात्र होइन डब्लुटी पनि त संगै भएको । स्कुले जिवनका क्षणहरु जसरी संगै हामीले रमाइलोसंग बितायौं त्यसरी युद्धकालका सहकार्यहरु पनि रमाइलै थिए । साँच्ची हाम्रो मित्रता यति घनिष्ठ थियो जस्तासुकै चुनौतिहरुको समाना गर्न तयार थियौं हामी । सुर्खेतमा संगै खुट्टामा गोली लाग्दाको क्षण होस् या दुश्मनले गाउँ घेर्दा काल्चे डाँडामा पाँच दिन सम्म भोकै जङगल बस्दाको क्षण । त्यतिखेर प्रतिमाले एक झोला अमिलिको पात टिपेर मेरो सुकेको मुखमा निचोरेर हालिदिएकी थिइन् । उनि शहिद भएको खबर पाएपनि घटनाको बिस्तृत बिबरण सुन्न पाएकी थिइन । गला अबरुद्ध भयो मेरो तैपनि सोधें । ूकहिले शहिद हुनुभयो आमा कमरेडहरु ूमारे नानी असती मोराहरुले । मिति थाहा छैन । यी छोरालाई दुईखुट्टा च्यातेर मारे रे यी दुइटी छोरीलाई इज्जत लुटेर मारे । गर्भेणी छोरी हुन् नानी दुबै । मारे पापीहरुले ति जन्मिन लागेकाहरुलाई पनि गर्भै मारे । तिनको के दोष थियो र ूआमाले यति भनेपछि संबेदना र भाबनाले लछप्पै छोप्यो मलाई । एकक्षण आमाको अनुहारलाई नियालें । आमाको अनुहार मौन छ । सायद आमा एउटा सपना हो र आमाले सपना फुलाउन हरबखत मलजल गरिरहन्छीन । आमाको अनुहारमा आशा झल्किएको छ । त्यो आशालाई प्राप्ती र उपलब्धीमा परिबर्तन गर्नके हामी सक्षम छौं यहि सोंच्दै थिएँ । केहि क्षणपछी बुढी बज्यैले चिया उमालेर ल्याइन । ूचिया खाऔं नानी । ूम झसङग भएँ । ू म त चिया खाँदिन नानी चियापत्तिले दम बढाउँछ रे । ूडाँडापारीकी घाम भइसकेकी आमाको करुण बोलीले भाबुक बनायो मलाई । क्रान्ति आन्दोलन शहिद र कमरेडहरुलाई यति माया गर्ने आमाका अगाडी म त्यसै त्यसै लज्जित भएँ । आमाको काखमा एकक्षण टाँस्सिएँ । आमा एकक्षण भएपनि शान्त होउन भन्ने मेरो अभिप्राय हो । मैले सोंचेजस्तो कहाँ हुन्छ र आमा न हुन् । आमा भएपछी थाहा हुन्छ आमा हुनुको िपंडा । एकहात च्यातेर पाएका छोराछोरी । तिनै छोराछोरीका लागी पल पल तड्पिएर बाँच्नु कति गाह्रो होला लाग्यो मनै आमा हुँ अर्थात शहिद आमा । मुटु भक्कानीयो बोली फुटेन । मलाई त यस्तो हुन्छ आमालाई कस्तो हुन्छ होला आमा हुनु गाह्रो हुन्छ । त्यो पुरुषहरुलाई के थाहा त्यसैले त मनभरी घाउ नै घाउका खाटा बसेका छन् ति कहिल्यै निको हुँदैनन् । ूए नानी यी घाउ पुर्ने मलम लिएर छिट्टै गाउँ फर्क हैू आमा धेरै भइसक्यो तड्पिन थालेको । कहिले गर्बमा त कहिले िपंडामा आमाका आँसु धेरै बगे । आमा फेरी सुँक्क-सुँक्क गर्दै रुन थालिन् । आमा रुनुको अर्थ मैले बुझें । तर सोचें आमा पहिले भन्दा यति धेरै रुनुको कारण के हो सत्य आमा आफ्ना सन्तान ढल्दाको समय यति रोएको मैले कहिल्यै देखेकी थिइन् । दिनरात खाजा भुटेर जङ्गल-जङ्गल पुर् याउँथिन् दुश्मनबाट कमरेडहरुलाई बचाउन कति रात त जाग्राम पनि बसिन् । साँच्ची १८ बर्षे तरुनी जस्तो आमाको जोस कम थिएन त्यतिखेर । अहँ आमा त्यसै रोएकी होइनन् । आमाको यत्रो बिशाल छातीभित्र सानोतिनो घाउले दुखाउनै सक्दैन । साँच्ची आमालाई हँसाउन एकछिन लुपुक्क टाँसिएर मात्र पुग्दैन । हामिले यिनै आमा सामु गरेका बाचा बन्धन कतै खुकुला त भएका छैनन् कतै-कतै म भित्र देखिने फोहोरी गन्ध पनि आमाले पखाइलिदिइन् । सत्य डिग्रीधारी शिक्षित र चेतनशिल गनिने हाम्रा अगाडी हाम्री आमा त्याग तपस्या बलिदान र क्रान्तिकी बिभिषिका हुन् । आमाले खबरदारी सहित भनिन् ूगोलीले नढलेका कमरेडहरु सुख सुबिधा पद र पैसामा नगलुनू । मैले आमाको भाबनालाई सम्बोधन गर्दै भनें ूतपाइहरु जस्तै धेरै आमाले हामिलाई बिग्रन नदिनु आमाू । शहिद आमा साँच्चीकै सचेत छिन् । नुनको अभाबमा तड्पिएको यो गाउँबाट टिका र माला लगाएर पठाएका कमरेडहरु गाउँ फर्किएर आएका छैनन् । ूकतै कमरेडहरुले बाटो बिराउने त होइनन् ू िहंजो राती आमाले कमरेडहरुले खोला तर्दा बिचैमा रोकिएको सपना देखिछन् । मुटु ढुक्क फुल्यो रे पसिना चिट्चिट् छुटेछन् । ूरणनीतिू ूकार्यनीतिू केही थाहा छैन आमालाई । आमाको गाउँलाई नुन र रोटी चाहिएको छ । ूबजारमा बस्ने कमरेडहरुलाई भनिदेउ है नानी । घरी घरी दमले सताउँछ । मेरो गाउँमा झिलिमिलि बत्ती नबल्दा सम्म मलाई कालले लाने छैन ।ू आमाले पछ्यौरीले निधारभरी बगेका पसिना पुछिन् । ूमेरो गाउँलाई नुनओखती र संगसंगै बिजयको रातो टिका लिएर सबै कमरेडहरु गाउँमा आउनु है । अनी म ढुक्कले मरुँला ।ू आमाको यो भनाईले बाटोभरी छट्पटाहट् छुट्यो । साँच्ची शहिद आमाहरुको दशैं कहिले आउला हँ म यहि गम्दै शहरको बाटो लाग्दैछु ।

0 तपाईका प्रतिक्रियाहरु: