स्मृतिका पन्नाहरु

हावाको क्यान्भासले पल्टाएका स्मृतिका केही पन्नाहरु

1:46:00 am

अमेरिकी जनता राजनीतिकरूपमा अशिक्षित

सामग्री प्रस्तुति Ram Prasad Panta

करिब पचास वर्षअघि अमेरिकी समाज शास्त्रीको एक समूहले अमेरिकी मतदाताका बारेमा विस्तृत सर्वेक्षण गरेको थियो । मतदाताको राजनीतिक चासो , विशेषज्ञता र राजनीतिक मामिलामा आफ्नो विचार प्रकट गर्ने क्ष्ामताका बारेमा सर्वेक्ष्ाण केन्दि्रत थियो । सो सर्वेक्ष्ाण १९६० मा 'द अमेरिकन भोटर्स' नाममा पुस्तिकाको रूपमा प्रकाशित भयो । सर्वेक्ष्ाणको नतिजाले आममानिसलगायत राजनीतिज्ञलाई समेत अचम्मित तुल्यायो । १९५० को दशकमा अधिकांश अमेरिकीहरूले राजनीतिक सवालका बारे थोरै मात्रै बुझेका थिए । राजनीतिबारेमा प्रायलाई थाहै थिएन । राजनीतिप्रति उनीहरूको कमै चासो थियो । सर्वेक्ष्ाणको पचास वर्षपछि नयाँ पुस्ताका अनुसन्धाताले त्यही सर्वेक्ष्ाण तेस्रो पुस्तामा दोहोर्‍याए । तेस्रो पुस्ताका अमेरिकी जनता बाजेबज्यैका पुस्ताका अमेरिकीभन्दा राजनीतिका बारे कतिको सुसूचित छन् भन्ने अध्ययन गर्न त्यो सर्वेक्ष्ाण भएको थियो । 'हामीले त्यही प्रश्न सोध्यौँ । त्यही सर्वेक्ष्ाण र त्यही जानकारीलाई परिमार्जित गरेर २००० र २००४ को राष्ट्रपति चुनावमा मतदाताको सर्वेक्ष्ाण गर्‍यौंँ,' सर्वेक्ष्ाण पुस्तिकाका सह-लेखक तथा युनिभर्सिटी आयोवाका राजनीतिशास्त्री माइकल लुइस बेक भन्छन् । अहिलेको सर्वेक्ष्ाणले पनि सबैलाई चकित पार्‍यो । अहिलेका मतदाता राजनीतिका बारेमा १९५० दशकका मतदाताभन्दा सुसूचित हुने सबैले सोचेका थिए तर, सर्वेक्ष्ाणको नतिजा आयो ठ्याक्कै उल्टो । १९५० को दशकमा जम्मा तीन टेलिभिजन च्यानल थिए । अहिलेका जस्ता राजनीतिक सूचना दिने स्रोत केही थिएन । तर, अहिले मानिसले सूचना पाउन च्याउजस्ता सञ्चारमाध्यम टेलिभिजन, ब्लग, बेवसाइट, पत्रिका छन् । यस अर्थमा पनि मतदाता राजनीतिकरूपमा बढी सुसूचित हुनुपर्ने हो । तर, सर्वेक्ष्ाणको नतिजालाई राजनीतिशास्त्री लुइस बेक 'आश्र्चयलाग्दो' बताउँछन् । 'अमेरिकी मतदाता राजनीति र उम्मेदवारका बारेमा जानकारी लिन्छन् तर, उनीहरूको राजनीतिक सोचाइ ५० वर्षअगाडिकै छन्,' बेक भन्छन् । 'द अमेरिकन भोटर रिभिजिटेड' सर्वेक्ष्ाण पुस्तिकामा लुइस बेक र उनका सहकर्मीले अधिकांश अमेरिकीले सूचना ग्रहण नगर्ने गरेको उल्लेख गरेका छन् । राजनीतिक शास्त्रीले यसलाई विशेष नाम दिएका छन्- 'इन्दि्रय ज्ञानको दरिद्रता' । 'अधिकांश अमेरिकी मतदाता राजनीतिमा प्रायः चासो दिँदैनन् । उनीहरूलाई राजनीतिबारे धेरै थाहा छैन । उनीहरू राजनीतिक घटनालाई पछ्याउँदैनन्,' लुइस बेक भन्छन् । अधिकांश अमेरिकीले राजनीतिक मुद्दालाई उम्मेदवारसँग जोडेर नहेर्ने पनि सर्वेक्ष्ाणमा बताइएको छ । यसका साथै, प्रायः अमेरिकीहरू 'कन्जरभेटिभ' वा 'लिवरल' को परिभाषा दिन पनि सक्दैनन् । उनीहरू गहिरो वैचारिक विश्लेषणका आधारमा पार्टीको चयन नगरी सामान्यतः बाबुआमाले समर्थन गरेकै पार्टीकै छनोट गर्छन् । अधिकांश अमेरिकीलाई ग्लोबल वार्मिङ, गर्भपतन अधिकार आदिका बारेमा थाहा छैन । उनीहरू आफ्नो रोजीरोटीमा नै केन्दि्रत छन् । सर्वेक्ष्ाणमा अमेरिकी जनताले आर्थिक-नीतिका बारेमा पनि त्यति मतलब नगरेको खुलेको छ । 'ह्वाइटहाउसमा डेमोक्रेटिक वा रिपब्लिकन जोसुकै पार्टीको शासन भए पनि देशको अर्थतन्त्र बिग्रदो छ भने सत्तामा रहेको पार्टीले धेरै भोट गुमाउँछ,' बेक भन्छन् । यसैगरी, सर्वेक्ष्ाणअनुसार अमेरिकी जनता वैदेशिक नीतिका बारेमा पनि खासै चासो राख्दैनन् । आफ्नो मुलुक कुनै देशमा युद्धमा छैन भने अमेरिकी जनता अन्य विश्वमा के भइरहेको छ भन्ने मतलब गर्दैनन् । सान डियागोकी अपिmकन-अमेरिकन तानिसा ब्राउनलाई डेमोक्रेटिक उम्मेदवार बाराक ओबामाको नीतिका बारेमा त्यति थाहा छैन । तर, ब्राउनले ओबामालाई नै भोट हाल्ने निर्णय गरेकी छिन् । 'मैले उनलाई भोट हाल्ने निर्णय गरेँ किनभने उनी मजस्तै देखिन्छन् । म यति मात्र भन्न सक्छु, उनी मजस्तै देखिन्छन्,' ब्राउन भन्छिन् । आफ्नो नाम नबताउने सर्तमा एक मतदाताले झोक्किँदै भने, 'मेरा धेरै साथीले जर्ज डब्लु बुससँगै बियर खान मिल्ने पार्टनरजस्ता देखिएकाले उनलाई मत दिए ।'

0 तपाईका प्रतिक्रियाहरु: