स्मृतिका पन्नाहरु

हावाको क्यान्भासले पल्टाएका स्मृतिका केही पन्नाहरु

अर्थमन्त्री डा.रामशरण महतले प्रधानमन्त्रीमा आफ्नो दलले उम्मेदवार खडा गर्नसक्ने बताएका छन् ।२९ साउनमा रिपोर्र्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै सकेसम्म राष्ट्रिय सहमतिको सरकार बनाउन पहल गर्ने नभए प्रधानमन्त्रीका लागि उम्मेदवार खडा गर्ने बताए । 'प्रधानमन्त्रीका लागि उम्मेदवारी दिन पनि सक्छौं, अरुलाई र्समर्थन दिन पनि सक्छौं,' नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका डा.महतले भने,'माओवादीले सहमति बनाउन नसके उसको नेतृत्वमा सरकारमा सहभागी हुदैनौं ।' आफ्नो दलले रक्षा मन्त्रालयलाई आधार बनाएर सरकारमा नजाने अडान नलिएको बताए । माओवादीको अर्धसैनिक बल कायमै रहेको, कब्जा गरिएका घरजग्गा र सम्पत्ति फिर्ता नगरेको कारण उसको नेतृत्वको सरकारमा जान नसकिने बताए । सेना समायोजनलाई तार्किक निष्कर्षमा पुर्‍याउन आफूहरुले माओवादी बाहेकका पार्टीले रक्षा मन्त्रालय लिनुपर्ने जोड दिएको बताए । उनले भने,'दुइवटा सेना एउटै शक्तिले संचालन गर्न मिल्दैन ।' आफूहरु संयम भएर सहमतिको सरकार बनाउन अन्तिम समयसम्म जुटिरहने बताए । अर्थमन्त्री महतले देशभर विद्यमान खाद्य संकट समाधानका लागि सरकार सक्रिय भएको बताए । समस्या परेका स्थानमा खाद्यान्न पठाउन आवश्यक रकम दिन तयार भएको बताउदै भने,'सरकारको मात्र नभई अरुको पनि समस्या समाधानको जिम्मेवारी हो, बाटो अवरुद्ध गर्ने, गाडी चल्न नदिने अवस्थाको अन्त गर्नुपर्छ ।' ढुवानी वृद्धि, सडक बन्दका कारणले पनि खाद्यान्न अभाव भएको उनको भनाई थियो । नेकपा एमाले स्थायी कमिटि सदस्य वामदेव गौतमले माओवादीलाई सरकारको नेतृत्व गर्न सहयोग गर्ने निर्णय भइसकेकाले आफ्नो दलको मत माओवादी उम्मेदवारलाई जाने बताए । उनले भने,'माओवादीले प्रचण्डलाई प्रधानमन्त्रीमा खडा गर्ने भनेअनुसार उहांलाई हाम्रो १०८ मत जानेछ ।' आफूहरु शर्तसहित सरकारमा जाने बताउदै पालना नभए २० दिनभित्रै र्समर्थन फिर्ता लिने बताए । माओवादीले व्रि्रोही चरित्र नत्यागेकाले उसको भावी व्यवहारले र्समर्थन गर्ने नगर्ने टुंगो लाग्ने बताए । माओवादी अध्यक्ष प्रचण्डले जनसेनाको सर्वोच्च कमाण्डर त्याग्नुपर्ने गौतमको भनाई थियो । राष्ट्रिय सहमतिको सरकार गठनका लागि आफूहरुले अन्तिम समयसम्म पहल गरिरहने बताए । कांग्रेसले रक्षा मन्त्रालयकै अडान लिएर सरकारमा जान्न भन्नु जायज नभएको बताए ।

0 तपाईका प्रतिक्रियाहरु: