स्मृतिका पन्नाहरु

हावाको क्यान्भासले पल्टाएका स्मृतिका केही पन्नाहरु

11:09:00 pm

इराक आउने हो ..............................?

सामग्री प्रस्तुति Ram Prasad Panta

आम नेपाली दाजूभाइमा म सानो जानकारी गराउन चाहन्छु । यदी तपाईंहरु इराक नै आउने योजनामा हुनुहुन्छ भने सर्वप्रथम यो सोच्नुस् कि तपाईं महाजालमा पर्दै हुनुहुन्छ । तपाईंमाथि दलाल वा म्यानपावर कम्पनीले ठगि गर्ने प्रयास गरिरहेको छ भन्ने बुझ्नुहोला । सबैभन्दा पहिला इराक बारे बुझ्नुस अनी मात्रै यसतर्फ चासो दिनुहोस् हावाकै भरमा समय खेरा नफाल्नुहोला ।आम नेपालीहरुमा यहाँको कहानी प्रष्ट पार्ने उद्देश्यका साथ यो पत्र लेख्न गइरहेको छु । सबैभन्दा पहिला त यो बझ्न जरुरी छ कि खाडी मुलुक मध्येको एक युद्दभुमी इराकमा काम पाउन त्यती सजीलो छैन । यहाँ हजारौ कम्पनीहरु छन् तर ति कम्पनीका आआफ्नै नियम कानुन छन् । त्यति मात्र होइन यहाँ तलब पनि त्यस्तै प्रकारमा वर्गिकृत र मनोपली तोकिएका छन् । यहाँ १७५ डलरदेखि तीन हजार डलरसम्म दिने कम्पनीहरु छन् । तर यहाँ धेरै तलव दिएर काम गराउने कम्पनीहरु निकै थोरै छन् । जुन कम्पनीको ६ महिनामै कन्ट्याक्ट सम्झौता सकिन्छ । काम पाएमा आफ्नै कामदारलाई काम लगाउछन् काम नपाएको खण्डमा कम्पनीले नै घर न घाटको बनाइदिन्छ । अनि यहाँ अहिलेको ताजा खबर त दलाललाइ थाहा पनि छैन । अहिले अमेरीकन सरकारले यो नियम लागू गरेको छ कि जुनसुकै कम्पनीले पनि ३५ इराकी कामदार राख्नु पर्ने नियम नै बनाएको छ । त्यस्तै यहाँ काम गर्नको लागि कुवेतका कम्पनीले ठेक्का लिएका छन् । जुन कम्पनीले पनि जति कामदारले पाउनु पर्ने महिनावारी तलब छ त्यो दिएका छैनन । आठ घण्टाको काम तोकिए पनि बढीमा ५५० डलर पारिश्रमिक उपलब्ध गराउने गरिएको छ । त्यस्तै गरेर आर्मीको डिफ्याकमा काम गर्नेहरुले १४ घण्टासम्म काम गर्दा मुस्कीलले ३ सय ७५ डलर तलब थाप्छन् । त्यस्तै गरेर पीपीआईले सामान्य कामदारको तलब १२ घण्टाको ५ सय डलर तोकेको छ । त्यस्तै कुलाक कम्पनीले सामान्य कामदारको तलब ४ सय ५० डलर कायम गराएको छ । अनि इराकी कम्पनीहरुले त १७५ देखि ३ सयको हाराहारीमा मात्रै तलब उपलब्ध गराउने गरेका छन् ।अब तपाईंहरु नै भन्नुस् कुन मोहमा इराक आउने बिचारमा हुनुहुन्छ दलाल र मेनपावरले दिएका या दिने गरेका प्रलोभन झुट्ठा मात्रै होइन वाहीयात हो । त्यसलाई इराक आउने सोच राख्नु अघि नै निकै ख्याल गर्नु होला । नेपालमा बसेर इराक पठाउछु भन्ने कतिपय दलाल या मेनपावरवालाहरुलाई त इराकमा कस्ता कस्ता कम्पनीहरु छन् र उनीहरुको नियम के छ भन्ने अलिकति पनि ज्ञान छैन । यहाँ आइसकेर पनि सानोभन्दा सानो गल्ती भयो भने सिधैं स्वदेश फर्काइन्छ । हरेक पाइलामा समस्यासँग जुधेर मुस्कीलले आउदा लागेको ऋण तिर्नु पर्ने अवस्थामा ुमानवतस्करी गर्न पोख्त दलालहरुले नेपालमा भने यती कमाइन्छ र उतीु भन्दै हल्ला चलाएको मैले सुनेकाले त्यसबाट सतर्कता अपनाउन र सजक रहन आम नेपाली दाजुभाईमा यो आग्रह पत्र खोजतलास मार्फत् सार्वजनिक गर्न चाहेको हुँ ।दलालहरुको भ्रममा परिरहेका दाजुभाईलाई अझै थप के जानकारी गराउन चाहान्छु भने यहाँ काम गर्नका लागि भिसा पाइँदैन । मात्रै तीन महिनाको इमरजेन्सी भिसा दिन्छ इराकी सरकारले त्यसैको आधारमा यहाँ जति बस्न सक्यो त्यती बसेर फर्कने हो । दुबईसम्म आउनलाइ मात्र भिजिट भिसा आवश्यक पर्छ भने टिकट किन्नु पर्छ तर त्यहाँबाट इराक छिर्न टिकट समेत निःशुल्क पाइन्छ ।नेपालको जेबी इम्प्लाइमेन्ट सर्भिस प्रालिले इराक पठाउने भन्दै अन्तरवार्ता लिइरहेको भन्ने सुन्नमा आएको छ यदि त्यो हो भने वाहीयात हो । नेपाली गरीब जनताका छोराहरुको दुख गरेर कमाएको पैसालाई बिना दुःख सजिलै पचाउने काम हो त्यो । जेबी मेनपावरले खुलमखुला इन्टरभ्यू लिइरहँदा नेपाल सरकार अझै सम्वन्धित निकाय श्रम तथा रोजगार प्रवद्र्धन विभाग किन कानमा तेल हालेर बसेको होला मलगायत इराकमा कार्यरत थुपै्र नेपालीका तर्फबाट झुट्ठा प्रलोभन बाँडेर गैर कानुनी काम गर्न पल्केका जेबी इम्प्लाइमेन्ट सर्भिस प्रालिका साचालकहरुलाई तत्काल पक्राउ गरी कानुनी कारवाहीको दायरामा ल्याइयोस् भन्ने जोडदार माग राख्न चाहान्छु ।
निष्ठुरी आर पीएम रुकुम हाल ः बलाद इराक ।

0 तपाईका प्रतिक्रियाहरु: