स्मृतिका पन्नाहरु

हावाको क्यान्भासले पल्टाएका स्मृतिका केही पन्नाहरु

12:15:00 am

मानिस फिल्म हेर्दा किन रुन्छन् ?

सामग्री प्रस्तुति Ram Prasad Panta

आजसम्म फिल्म हेर्दा तपाइं कतिपल्ट रुनुभएको छ ? कहाँबाट तपाइंको रुवाइ सुरु हुन्छ र कहाँ पुगेर रोकिन्छ ? कि कहिले रोइसकेपछि मात्र आफू रोएको थाहा पाउनुभएको त छैन ? थुप्रै मानिसहरू फिल्म हेर्दा रुन्छन् । र, कहिलेकाहीँ त रुवाइ एकदम गहिरो, मनछुने र अनियन्त्रित हुन पुगिदिन्छ ।मानिस फिल्म हेर्दा किन रुन्छन् ? सामान्यतः तपाइं फिल्मको कथासँग जोडिएको अनुभव गर्नुहुन्छ । वा कतिपय आफूले नचिनेको मानिसको दाहसंस्कारमा पनि रुनुहुन्छ । किन यो अनुभव तपाईंका लागि विद्रुप रहन्छ ? किन तपाइं आफू पनि त्यही परिस्थितिमा भएको महसुस गर्नुहुन्छ ?बेलायतमा गरिएको एक अध्ययनका अनुसार मानिसहरूले 'म तपाइंको पीडा बुझ्छु' भन्छन् तर साँच्चो अर्थमा उनीहरूले पीडा बुझेका हुँदैनन् । अध्ययनका अनुसार केही मानिस मात्र अर्काको पीडा बुझ्न सक्षम हुन्छन् । ती मानिसहरू धेरै मात्र समानुभूतिको भावना अनुभव गर्न सक्छन् । यही भावनाले गर्दा मानिस चलचित्र वा वास्तविक जीवनमा अरूले अनुभव गरेजस्तै अनुभव गर्छन् । र, अरूलाई पीडा परेको देख्दा आफूलाई त्यही परिस्थितिमा राखेर रुन्छन् । अर्का एक अध्ययनका अनुसार समानुभूति र 'मिरर-सिनेस्थेसिया (कुनै एकजनाले अर्कालाई छुँदा तेस्रो व्यक्तिले अनुभव गर्नु) को बीचमा सम्बन्ध हुन्छ । तर, समानभूति अनुभव गर्दा एकभन्दा बढी प्रक्रियाहरू समाहित हुन्छन् । भावनात्मक प्रतिक्रिया कसैले कसैलाई छुँदा यस्तो अनुभव हुन्छ भन्ने संवेगात्मक प्रक्रिया पनि यसमा समाहित रहन्छ । एउटा तथ्य के पनि छ भने कोही-कोही मानिसमा अरूको भावनामा समानुभूति गर्ने विशिष्ट र बेग्लैखाले क्षमता हुन्छ । यस्ता मानिस अति राम्रा साथी वा उपचारक हुन सक्छन् । यदि तपाइ फिल्म हेर्दा वा अरूको दुःखमा रुनुहुन्छ भने थाहा पाइराख्नुस्, तपाइमा सामान्य मान्छेमा भन्दा बढी संवेदना र अनुभूति गर्न सक्ने क्षमता छ ।

0 तपाईका प्रतिक्रियाहरु: