स्मृतिका पन्नाहरु

हावाको क्यान्भासले पल्टाएका स्मृतिका केही पन्नाहरु

2:00:00 am

जोगीमाराका पीडितले क्षतिपूर्ति पाएनन्

सामग्री प्रस्तुति Ram Prasad Panta

धादिङ/ सशस्त्र युद्धका बेला सेनाले घरजग्गा कब्जा गरेपछि बेघर भएका सर्वसाधारणले अझैसम्म क्षतिपूर्ति पाएका छैनन् । धादिङको जोगीमारा- ९, मजिमटारका १४ परिवारको घरजग्गा कब्जामा लिएर सेनाले आफ्नो ब्यारेक खडा गरेको थियो । चार रोपनी जग्गा र फलफूलको समेत क्षतिपूर्ति दिने भनेर सेनाले घरजग्गा लिएको भए पनि हालसम्म दुईपटक मात्र बालीको क्षतिपूर्ति भनेर थोरै रकम पाएको पीडित हरिकुमार घिमिरेले गुनासो गरे । उनले तत्काल क्षतिपूर्ति दिलाइदिन जिल्ला प्रशासन कार्यालयसमक्ष माग गरेका छन् । युद्धका समयमा बारुद र बमको आवाजले बिरामी परेकी आफ्नी श्रीमतीको उपचार गराइदिन पनि उनले आग्रह गरेका छन्। पटक-पटक जग्गा फिर्ता गर्न माग गर्दा पनि बेवास्ता गरिएको घिमिरेको आरोप छ । घिमिरेलगायत ज्ाोगीमाराका टेकबहादुर राउत, बाबुराम राउत, राममणि राउत, एकबहादुर खाँण, हरिबहादुर खाँण, कमलबहादुर खाँण, यज्ञबहादुर खाँण, दीपबहादुर खाँण, केन्द्रबहादुर खाँण, इन्द्रनाथ त्रिपाठी र रामकृष्ण राउतको जग्गा सेनाको ब्यारेकभित्र परेको उनीहरूले बताएका छन् ।

0 तपाईका प्रतिक्रियाहरु: