स्मृतिका पन्नाहरु

हावाको क्यान्भासले पल्टाएका स्मृतिका केही पन्नाहरु

2:05:00 am

मुसर्रफले आज राजीनामा दिने

सामग्री प्रस्तुति Ram Prasad Panta

इस्लामावाद/ पाकिस्तानी राष्ट्रपति परवेज मुसर्रफले राष्ट्रिय स्वतन्त्रता दिवसको दिन पारेर बिहीबार राजीनामा दिने भएका छन् । पाकिस्तानी दैनिक पत्रिका क्वेत न्युजले उच्च स्रेतलाई उद्धृत गर्दै मुसर्रफले बिहीबार राजीनामा दिने बताएको छ । महाअभियोग प्रस्ताव संसद्मा लग्नुअघि नै राजीनामा दिएमा मुसर्रफलाई गठबन्धन सरकारले उनलाई सुरक्षित प्रस्थानको अवसर दिने विपक्षी दल पाकिस्तान मुस्लिम लिग -क्यु) का वरिष्ठ नेताले बताएका छन् । राजीनाको घोषणा गर्नुअघि मुसर्रफले राष्ट्रका नामका सम्बोधन गर्न अवसरको माग गर्नसक्ने पनि बताइएको छ । मंगलबार पाकिस्तानको सत्तारुढ गठबन्धनले मुसर्रफविरुद्ध महाअभियोग प्रस्ताव अर्काे हप्ता संसद्मा पेस गर्ने बताएको थियो । चारमध्ये दुई प्रान्तीय संसद्ले मुसर्रफलाई संसद्मा विश्वासको मत हासिल गर्न आग्रह गदै प्रस्ताव पारित गरेको छ । मुसर्रफले विश्वासको मत हासिल गर्नुपर्ने प्रस्ताव चारैवटा प्रान्तीय संसद्बाट पारित भएपछि मुसर्रफलाई महाअभियोग लगाउने प्रस्ताव राष्ट्रिय संसद्मा लगिने बताइएको छ । सिन्ध र नर्थवेस्ट प्रन्टिअर प्रान्तले मुसर्रफविरुद्धको प्रस्ताव पारित गरिसकेको छ । महाअभियोग प्रस्तावको सामाना गर्न वा राजीनामा दिन मुसर्रफमाथि केही हप्तायता दबाब बढिरहेको छ । पूर्वप्रधानमन्त्री बेनजिर भुट्टोको पार्टी पाकिस्तान पिपुल्स पार्टी -पिपिपी) ले नेतृत्व गरेको सत्तारुढ गठबन्धन सरकारले मुसर्रफलाई पटक-पटक संविधान उल्लघंन गरेको, संयुक्तराज्य अमेरिकाबाट प्राप्त करोडौंको आर्थिक सहयोग हिनामिना गरेको र हत्याजस्ता आरोप लगाउँदै महाअभियोग प्रस्ताव तयार पार्ने बताएको छ । मुसर्रफले राजीनामा दिएमा इस्लामावादबाहिर रहेको आफ्नो नवनिर्मित घरमा नसरुन्जेल राष्ट्रपति रहन दिइने छ । त्यसको केही हप्तामा उनले देश छोड्ने बताइएको छ । मुसर्रफले १९९९ रक्तविहीन 'कू' मार्फत् नवाज सरिफलाई अपदस्थ गरेर सत्ता हत्याएका थिए । मुसर्रफविरुद्ध महाअभियोग प्रस्ताव अनुमोदन गर्न गठबन्धन सरकारसँग दुई तिहाइ मत छैन । तर, मुसर्रफविरुद्ध 'छाल ओर्लिएका'ले महाअभियोग प्रस्ताव पारित हुने विश्वास गरेको छ । संयुक्तराज्य अमेरिकाले मुसर्रफविरुद्धको महाअभियोग लगाउने प्रस्तावमा केही टिप्पणी गरेको छैन । तर, राजीनामा दिए कारबाही नचलाउन निश्चित गर्न पाकिस्तानका लागि अमेरिकी राजदूत एन पेर्टसन प्रयासरत रहेको रिपोर्ट पाकिस्तानी अखबारले छापेका छन् । गत वर्ष आफ्नो दोस्रो राष्ट्रपतीय-काल निश्चित गर्न मुसर्रफले संकटकाल लगाएपछि र न्यायालयमाथि हस्तक्ष्ाेप गरेपछि उनको लोकपि्रयता घटेको थियो ।

0 तपाईका प्रतिक्रियाहरु: