स्मृतिका पन्नाहरु

हावाको क्यान्भासले पल्टाएका स्मृतिका केही पन्नाहरु

2:34:00 am

हिन्दुहरुको महान पर्व रक्षाबन्धन मनाईदै

सामग्री प्रस्तुति Ram Prasad Panta

आज नेपाल अधिराज्यभर हिन्दु धर्मावलम्बिहरु ऋषि तर्पणी अर्थात रक्षाबन्धन पर्व मनाउँदैछन्। जनै लगाउनेले आज ऋषिहरुको सम्झनागर्दै जलाशय तथा धारामा गई माटो, गोबर, कुश, खरानी र दत्तिवनले स्नानगरी बिशेष मन्त्रद्धारा मन्त्रिएको जनै लगाउने गर्दछन्। पौराणिक मान्यता अनुसार रक्षाबन्धनको सम्बन्ध दानबी शक्तीबाट दपेटिएको देवशक्तिलाई देबराज ईन्द्रका गुरु बृहस्पतिद्धारा रक्षाबिधान तयार गरी जोगाईएको तथा बामन अवतार बिष्णुद्धारा दैत्यराज बलिलाई बचनबद्ध गराई तिनैलोक लिएको स्मृतिसँग जोडिएको छ। आज बाँधिएको यो डोरी गाईतिहारका दिन गाईको पुच्छरमा बाँधेमा मृत्युपछिको बैतरणी पार होईन्छ भन्ने जनधारणा छ। कृषि प्रधान हाम्रो मुलुकमा खेतिपातिको काम सकिने तथा बर्षाभरीको हिलोपानिमा चलेर गर्मि सर्दीले प्रभावित शरीरमा पुनः उर्जा ल्याउन नौ जातका अंकुरीत गेडागुडि मिसाएर पकाएको पौष्टिक तत्वयुक्त क्वाँटि खाने गरिन्छ। जनैमा प्रयोग भएका ९६ धागा ९ गुना ३ डोरा ५ ग्रन्थि मध्ये ९६ धागाले चार बर्ष पूराभई पाँचौं बर्षमा प्रबेश भएपछि बर्तबन्ध गरीने भएको हुँदा बाँकिजिबन अबधि ९६ बर्ष रहेको कुरा जनाउँछ।

0 तपाईका प्रतिक्रियाहरु: