स्मृतिका पन्नाहरु

हावाको क्यान्भासले पल्टाएका स्मृतिका केही पन्नाहरु

-# तपाईंले किन परराष्ट्र मन्त्रालनै रोज्नुभयो? अन्तराष्ट्रिय जगतमा नेपालको छवि केही वर्षयता धुमिल हुदै गएको छ। नयां परिस्थितिमा नेपालको पहिचान, राष्ट्रिय हित, अन्तराष्ट्रिय सम्बन्धलाई नयां ढंगले अगाडि बढाउन र नेपालको परराष्ट्रनीतिलाई सही र समयसापेक्ष बनाउन, नेपालको छवि अन्तराष्ट्रिय जगतमा उच्च बनाउन पनि मैंले परराष्ट्र मन्त्रालय रोजेको हुं। -# नेपालको छवि किन धुमिल भएको हो? हाम्रो आन्तरिक घटनाक्रम र राजनीतिले तथा कूटनीतिक प्रयत्नको पर्याप्त तयारी नहुनाका कारण हाम्रो छवि धुमिल भएको हो। -# प्रचण्डको पहिलो विदेश भ्रमण किन चीन भयो? ओलम्पिकको उद्घाटन र समापन समारोहमा विभिन्न देशका राजनीतिज्ञ, राष्ट्रपति र सरकार प्रमुखहरु आइरहेका छन्। त्यसमा हाम्रो प्रधानमन्त्री जानु उपयुक्त हुन्छ। यसले देशको इज्जत र प्रतिष्ठा पनि बढ्छ। चीनसंगको हाम्रो पुरानो सम्बन्धलाई अझ दह्रो पार्छ। -# प्रचण्ड प्रधानमन्त्री भएपछि भारत जाने परम्परालाई तोड्नुभयो नि? रम्परा र चलन चलाउँदा चल्ने हो। भारत जानुभएन चीन जानुभयो भन्नुको मतलब हामी भारतसंग टाढा छौं भन्ने होइन। -# प्रधानमन्त्री भारतसंग टाढिदैहुनुहुन्छ भन्ने विश्लेषण भइरहेको छ नि त? भारतसंग टाढिन जानुभएको कदापि होइन। हामी भारत र चीन दुवै छिमेकी मुलुकसंग मित्रताका आधारमा अगाडि बढ्नुपर्छ भन्नेमा प्रष्ट छौं। भारतसंग हाम्रो निकै निकट सम्बन्ध छ। -# भारतसंग के के कारणले निकटता छ? नेपाल र भारतबीच खुल्ला सीमा छ। हामीबीचको भाषा, संस्कृतिमा एकरुपता छ। दुई देशमा आवतजावत पनि खुल्ला छ। जनस्तरको पनि उत्तिकै सम्बन्ध छ। हामी धेरै विषयमा भारतसंग जोडिएका छौं। सम्बन्धका हिसाबले चीन र भारत दुवैसंग समान मित्रवत सम्बन्धलाई प्राथमिकताका साथ अगाडि बढाउनुपर्छ। कोही टाढा कोही नजिकको भन्नु हुदैन। -# तपाईं पहिला चीन या भारत कुन देश जानुहुन्छ? भारत भ्रमणमा जाने पहिलादेखिनै तय भएको थियो। जो परराष्ट्रमन्त्री भएको भएपनि भदौ १३ गते बिमस्टेक सम्मेलनमा जानुपर्ने हुन्थ्यो। म बिम्स्टेकको सम्मेलनमा सहभागी हुन १२ गते भारत जानेछु। मेरो पहिलो भ्रमण भारतबाट हुन्छ। -# भारतमा कसलाई भेट्नुहुन्छ? बिमस्टेकको बैठकमा सहभागी हुन जाने हो। बैठकमा ६–७ वटा मुलुकका विदेशमन्त्रीहरुसंग भेट हुन्छ। भारतमा रहदा मन्त्री, राजनीतिज्ञका अलावा सरकारी अधिकारीहरुसंग भेट्ने कार्यक्रम छ। -# भारतीय प्रधानमन्त्री मनमोहन सिंहलाई पनि भेट्नुहुन्छ? भारतीय प्रधानमन्त्रीलाई भेट्ने सम्भावना छ। भेट तय गर्नेबारे कुरा अगाडि बढिरहेको छ। -# कोशीबांधबारे भारतीय पक्षसंग कुरा हुन्छ? कोशीबांधबारे महत्वका साथ कुरा गर्छु। मेरो भ्रमणको महत्वपूर्ण पक्षमध्ये कोशीबांधको विषय पनि हो। त्यसबारे द्विपक्षीय हित र सम्बन्ध विस्तारबारे पनि छलफल हुन्छ। -# सन्धी खारेज गर्नुपर्छ भन्ने आवाज उठिरहेको छ, त्यसबारे कुरा गर्नुहुन्छ? यसपटकको बैठकमा सन्धी खारेजीबारे कुनै एजेण्डा छैन। त्यसबारे त पूरा तयारी गर्नुपर्ने हुन्छ। अहिले सन्धिबारे कुनै छलफल हुदैन। -# फोरमले सरकारको नेतृत्व दाबी गरेको अवस्थामा किन मन्त्रीमै चित्त बुझायो? फोरमलाई सरकारको नेतृत्वका लागि कसैले दिएपो। प्रधानमन्त्री कसैले दिने कुरा गरेको थिएन। अहिले सहमतिको सरकार बनेको छ। हामी यसलाई अगाडि बढाउने पक्षमा छौं। -# सरकारको कति समय चल्ला? भर्खर त सरकार बनेको छ। सरकारले पूर्णता पनि पाएको छैन भने अहिलेनै आयु तोक्ने कुरा रहदैन। -# यतिसम्म संगै जान्छौं त भन्न सक्नुहोला नि, छ महिना कि एक वर्ष? यो सरकारले पूरा अवधिभर कार्य गर्छ। -# एमालेले सपथ नलिएको अवस्थामा पूरा अवधिभर कार्य गर्ने आधार के? एमालेहरु पनि सरकारमा आउनुहुन्छ। त्यसबारे कुरा भइरहेको छ। अरु सात आठवटा पार्टी पनि सरकारमा सहभागी हुनुहुनेछ। राष्ट्रिय सहमति बनिसकेको छ। साझा नीति तथा कार्यक्रममा हस्ताक्षरनै भइसकेको छ -# राप्रपा जसरी फोरम राजनीतिक खेलमा लाग्ला? फोरम भनेको आन्दोलनबाट आएको पार्टी हो। राप्रपा र फोरमलाई दाँज्न मिल्दैन। फोरमको भूमिका राप्रपाको जस्तो त हुनैसक्दैन। -# प्रधानमन्त्रीलाई हटाउन बीचमै लाग्ने त होइन? हाम्रो साझा नीति तथा कार्यक्रम बनेको छ। सबैले त्यसलाई पालना गर्नुपर्छ। हामीले आचारसंहिता र कार्यप्रणाली तोकेका छौं। त्यो आधारमा अगाडि बढ्नुपर्छ। कसैले कसैलाई ढाल्नुपर्ने कुरा आउदैन। -# तपाईंहरुले बनाएको कार्यक्रम सरकारमा बसेर कार्यान्वयन गर्न सक्नुभएन भने नि? कार्यक्रम कार्यान्वयन भएन, माओवादीले व्यवहार सुधारेन भने हामी पछि हट्छौं र सरकारबाट बाहिरिन्छौं। जतिपनि सहमति भएको छ त्यो कार्यान्वयन भएन भने सरकारमा बस्नुुको औचित्य रहनेछैन। -# सहमतिअनुसार काम नभए तपाईंहरु सबैले राजीनामा दिनुहुन्छ? त्यसपछि हामी सरकारमा रहनुको कुनै अर्थ रहदैन। हामी केही गरौं भनेर सरकारमा आएका हौं। मुलुकलाई दीगो शान्तिको अवस्थामा पुर्‍याउन, आर्थिक क्रान्तिको दिशामा पुर्‍याउन पो सरकारमा गएका हौं। -# त्यसपछि अर्को समिकरण बनाउन लाग्नुहुन्छ? त्यो कल्पना अहिले नगरौं। अहिलेको प्राथमिकता सबैले साझा नीति तथा कार्यक्रम पालना गर्ने र व्यवहारमा उतार्ने हो। तत्काल शंका उठाउनु गलत हो। -# मधेश आन्दोलनका क्रममा सरकारसंग भएको सम्झौता पूरा भयो? भाद्र १३ गते र फागुन १६ गते भएको सम्झौता कार्यान्वयनको दिशामा छ। साझा नीति तथा कार्यक्रममा सहमति कार्यान्वयन गर्ने स्पष्ट उल्लेख छ। कार्यान्वयन गर्ने प्रतिवद्धता जाहेर भएको छ र हुन्छ। -# कार्यान्वयनका लागि सरकारमा जान लाग्नुभएको हो? कार्यान्वयनका लागि मात्र सरकारमा जान लागेको होइन। -# तपाईंको पार्टीभित्र सरकारमा जाने नजानेबारे विवाद भएको हो? पार्टीभित्र छलफल र बहस हुनु स्वाभाविक हो। सरकारमा जानेबारे पार्टीले निर्णय गरेको हो। साझा नीति तथा कार्यक्रम पारित गरेर सरकारमा गएका हौं। गुनासो भन्नेकुरा मानव जातिको स्वभाव हो। -# तपाईको प्रचण्डसंग कसरी मिलन भयो? प्रचण्ड माओवादी नेता हुन्। क्रान्तिकारी विचारलाई अगाडि बढाउनुपर्छ भन्ने मान्यता पबोकेका नेता हुन्। त्यसै कारणले हामी एक ठाउंमा आइपुगेका हौं। म पनि परिवर्तन र अग्रगमनको विचारधारालाई समर्थन गर्छु। -# नेपाली कांग्रेसलाई माइनस गरेर जादैहुनुहुन्छ नि? कांग्रेसका साथीहरुले सरकारमा आउनेबारे पुनविचार गर्नुपर्छ। हामी कांग्रेसलाई पाखा लगाउने, होच्याउने, माइनस गर्ने पक्षका होइनौं। -# कांग्रेस प्रतिपक्षमा बसेबाट के अपेक्षा गर्नुहुन्छ? कांग्रेस प्रतिपक्षमा बसेपनि हामी सहयोगको अपेक्षा गर्छौं। प्रतिपक्षको पनि सहयोगी धर्म हुन्छ। लोकतन्त्रका लागि प्रतिपक्षले महत्वपूर्ण भूमिका खेल्नसक्छ। — देशान्तर

0 तपाईका प्रतिक्रियाहरु: