स्मृतिका पन्नाहरु

हावाको क्यान्भासले पल्टाएका स्मृतिका केही पन्नाहरु

5:23:00 am

नेपालमा २८ देशका सैनिक

सामग्री प्रस्तुति Ram Prasad Panta

काठमाडौं, ८ भदौ नेपालको औपचारिक सैन्य सम्बन्ध सात देशसित मात्रै भए पनि २८ देशका सैन्य अधिकारीहरू नेपालमा खटिएका छन् । उनीहरूले अनौपचारिक रूपमा नेपालको 'सैन्य गुप्तचरी' गरी आफ्नो देशका सैनिक हेडक्वार्टरमा रिपोर्ट पठाउने गर्छन् । नेपालको औपचारिक सैन्य सम्बन्ध भएका देशहरू बेलायत, अमेरिका, भारत, रुस, पाकिस्तान, चीन र बंगलादेश हुन् । तर, २८ देशले ४० जना सैन्य अधिकारी 'नेपाल हेर्न' नियुक्त गरेका छन् । उनीहरूमध्ये १४ जना नेपालमै बस्छन् भने २५ जना भारतको नयाँदिल्ली र एकजना बंगलादेशको ढाकामा बसेर नेपालका सैन्य गतिविधि नियालिरहेका छन् । नेपालको सबैभन्दा पुरानो सैन्य सम्बन्ध भारतसित छ । सन् १९४७ देखि नेपालको सैन्य कूटनीति भारतसित औपचारिक रूपमा स्थापित भएको हो । अमेरिकासित १९६७ देखि र त्यसपछि क्रमशः चीन र पाकिस्तानसित सैन्य सम्बन्ध विस्तार भएको हो । अन्य देशमा रहेका नेपाली सैन्य अधिकारीले आफ्ना देशका सैनिक अधिकृतहरूलाई तालिमको व्यवस्था मिलाउने र सेनालाई चाहिने हतियारलगायतका सरसामानको बन्दोबस्त गर्ने काम गर्छन् । नेपाली सैन्य अधिकारीले गुप्तचरीको भूमिका भने प्रभावकारी रूपमा निभाउन नसकेको परराष्ट्रविद्हरू बताउँछन् । नेपाल हेर्ने अन्य देशका सैन्य अधिकारीले नेपालको बारेमा नियमित रूपमा आफ्नो हेडक्वार्टरलाई रिपोर्ट गर्दै आएका छन् । देखिने रूपमा भने उनीहरू सामान्य सैन्य कूटनीतिक क्रियाकलापमा मात्रै संलग्न हुन्छन् । भारतसहित चीन, पाकिस्तान, बेलायत र अमेरिकाका सैन्य अधिकारीहरू काठमाडौंमै छन् । परराष्ट्र मन्त्रालयको रेकर्डअनुसार छिमेकी राष्ट्र भारतले कर्नेल मनमोहनसिंह दानोआको नेतृत्वमा ६ जना सैनिक नेपाल हेर्न खटाएको छ । उनीहरूमध्ये दुईजना भारतीय पूर्वगोर्खा सैनिकको पेन्सन वितरण गर्न धरान र पोखरामा खटिएका छन् । पिपिओ -पेन्सन पेइङ अफिस) इन्चार्जका रूपमा भारतीय सेनाका लेफि्टनेन्ट कर्नेल विकास चाबला श्रीमती तमानुसहित पोखरामा बस्दै आएका छन् । यसैगरी मेजर अमृत अउल धरानमा पिपिओका इन्चार्जका रूपमा कार्यरत छन् । उनी श्रीमती अनुजासहित धरानमै बस्छन् । मेजर एनसी खुमान सहायक सैन्य सहचारीका रूपमा लैनचौरस्थित दूतावासमा कार्यरत छन् । मेजर भुपाल सिंह पनि सहायक सैन्य सहचारीको हैसियतमा खटिएका छन्, काठमाडौंस्थित दूतावासमा । भारतीय सेनाका मेजर एके भोस्ले पनि दूतावासमै कार्यरत छन् । चीनले वरिष्ठ कर्नेल चेङ जिझोङलाई नेपालस्थित राजदूतावासमा सैन्य सहचारीका रूपमा खटाएको छ । उनको हैसियत राजदूतपछि तेस्रो हो । उनीसँगै चिनियाँ सेनाका क्याप्टेन युके पनि नेपालमा छन् । पाकिस्तानले कर्नेल अख्तर नवाजलाई सैन्य सहचारीका रूपमा नेपालस्थित दूतावासमा खटाएको छ । उनी रक्षान्दासहित काठमाडौंमा बस्दै आएका छन् । बेलायतले कर्नेल जर्मी एलिसलाई नेपालमा सैन्य सहचारीका रूपमा खटाएको छ । उनीसहित तीनजना बेलायती सैनिक नेपालको सैन्य क्षेत्र हेर्नका लागि काठमाडौंमा छन् । बेलायतका मेजर निक अकोट सहसैनिक सहचारीका रूपमा काठमाडौंमा कार्यरत छन् । बेलायतकै मेजर जोन हवार्ड पनि काठमाडौंमा खटिएका छन् । अमेरिकाले दुई सैनिकलाई नेपालको सैन्य गुप्तचरी गर्न खटाएको छ । अमेरिकी सेनाका कर्नेल ब्रायन र मेजर प्याटि्रक केली काठमाडौंस्थित दूतावासमा खटिएका छन् । पmान्सले कर्नेल प्याटि्रक सेराडेललाई नेपालको समेत सैनिक सहचारीको जिम्मेवारी दिएको छ । कर्नेल सेराडेल दिल्लीमा बस्छन् । जर्मनीले नेपाल हेर्ने गरी कर्नेल माइकल स्कुथलाई सैन्य सहचारीका रूपमा खटाएको छ । उनको कार्यालय नयाँदिल्लीमा छ । अफगानिस्त्ाानले दिल्लीस्थित दूतावासमा कार्यरत मेजर जनरल अब्दुल खालिक चिरालाई नेपाल हेर्ने जिम्मेवारी दिएको छ । अफगानिस्तानकै कर्नेल मसुद स्टानाजीले पनि नेपालको सैन्य कूटनीति हेर्छन् । दिल्लीस्थित आवासीय दूतावासमार्फत नेपालको मामला हेर्दै आएको क्यानडाले कर्नेल ग्यारी रिउमलाई यस प्रयोजनमा खटाएको छ । उनले दिल्लीमा रहेर नेपालको समेत जिम्मेवारी सम्हालेका छन् । गणतन्त्र चेकले पनि दिल्लीमा रहेको आवासीय दूतावासमार्फत कर्णेल जिन्दि्रच हेकरलाई नेपालको सैन्य मामिला हेर्न खटाएको छ । दिल्लीमै आवासीय दूतावास रहेको हंगेरीले लेफि्टनेन्ट कर्नेल कारोले बेल्सोलाई सो जिम्मेवारी दिएको छ । रुसले कर्नेल अलेक्जेन्डर आई पास्केन्कोलाई नेपाल हेर्ने गरी सैन्य सहचारीका रूपमा खटाएको छ । उनी बंगलादेशको राजधानी ढाका बसेर नेपालसमेत हेर्दै आएका छन् । नेपालमा आवासीय दूतावास नराखेको इटलीले पनि कर्नेल ज्युसेप ज्युन्टीलाई दिल्लीमार्फत नेपाल हेर्ने जिम्मेवारी दिएको छ । दिल्लीमै रहेको केन्या उच्चायोगलेे नेपाल हेर्न कर्नेल इडी चिवेलाई सुरक्षा सल्लाहकार नियुक्त गरेको छ । नयाँदिल्लीमै कार्यालय रहेको माल्दिभ्स उच्चायोगले सैन्य सहचारीका रूपमा कर्नेल अब्दुल्लाहलाई दिल्लीबाटै नेपालको सैन्य मामिला हेर्न लगाएको छ । दिल्लीमा कार्यालय राखिएको नाइजेरिया उच्चायोगका तर्फबाट नेपाल हेर्न क्याप्टेन हमिदु उसमान जाफेजीलाई सुरक्षा सल्लाहकारका रूपमा खटाइएको छ । फिलिपिन्सले पनि कर्नेल एलेक्स सी कापिनालाई दिल्लीमा रहेको आवासीय दूतावासमार्फत नेपाल हेर्न लगाएको छ । यसैगरी रोमानियाले दिल्लीमा रहेको दूतावासमार्फत नै लेफि्टनेन्ट कर्नेल लियोनार्दो दिनुलाई नेपाल हेर्न खटाएको छ । उनी पनि दिल्लीमै बस्छन् । भारतको चाणक्यपुरीमा रहेको आवासीय दूतावासमार्फत सिंगापुरले कर्नेल पर्दित कुमार तिवारीलाई नेपालका लागि सुरक्षा सल्लाहकार नियुक्त गरेको छ । तिवारीले दिल्लीमा बस्ोर नेपालको समेत जिम्मेवारी निर्वाह गर्दै आएका छन् । स्लोभाकले पनि दिल्लीमा रहेको दूतावासमा रहेका कर्नेल भ्लादिमिर गि्रजरलाई नेपालसमेत हेर्ने जिम्मेवारी दिएको छ । नयाँदिल्लीमा रहेको सुडान दूतावासले बि्रगेडियर अब्देल एमएम अली मुतालाबलाई नेपाल हेर्न तोकेको छ । दिल्लीमै रहेको स्विस दूतावासले नेपाल हेर्नका लागि सैन्य सहचारीका रूपमा बि्रगेडियर जनरल पाउल केलिनलाई खटाएको छ । उनले दिल्लीमै रहेर नेपाल हेर्दै आएका छन् । टर्कीले कर्नेल इस्माली इसिकीलाई यो जिम्मेवारीमा राखेको छ । दिल्लीस्थित दूतावासमा रहेर कर्नेल इस्मालीले नेपालका लागि सैन्य सहचारीको काम गरिरहेका छन् । दिल्लीमै रहेको दूतावासमार्फत नेपाल हेर्दै आएको युक्रेनले दुई कर्नेललाई नेपालका लागि नियुक्त गरेको छ । कर्नेलद्वय इहोर लिकारेन्को र ओल्हे हुलाक नेपालको सैन्य मामला हेर्न हुन् । युनाइटेड अरब इमिरेट्सले पनि दिल्लीमा रहेको दूतावासमार्फत नेपाल हेर्न कर्नेलद्वय स्टाफ पाइलट अहम्मद इब्राइम युसुफ अल नुइसी र स्टाफ इन्जिनियर सुहेल मुबारक अल घुफ्लीलाई खटाएको छ । भियतनामले दिल्लीमार्फत कर्नेल ली भान थाहँलाई खटाएको छ भने जाम्बियाले बि्रगेडियर जनरल एसएल गंगोलालाई सुरक्षा सल्लाहकार नियुक्त गरेको छ । दिल्लीमार्फत नै जिम्बाबेले 'विङ कमान्डर' एस जोरेराजालाई सैनिक सहचारीका रूपमा नेपाल हेर्न लगाएको छ । इजरायलले कर्नेल जोसेफ टर्गम्यानलाई नेपाल हेर्ने गरी पठाएको छ । उनी दिल्लीमा श्रीमती अभिजिलसहित दिल्लीस्थित इजरायली दूतावासमा बस्दै आएका छन् । नेपालमा रहेका विदेशीहरूको तुलनामा नेपालबाट अन्य देशमा खटाइएका सैनिक सहचारीको संख्या न्यून छ । नेपालका जम्मा ६ जना सैनिक अधिकृत विदेशमा रहेका नेपाली नियोगमा खटिएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार बंगलादेशमा सहायक रथी राज राना सैनिक सहचारीको जिम्मेवारीमा छन् । चीनमा कर्नेल राजेन्द्रबहादुर कार्की छन् । पदावधि सकिएका कार्की नेपाल फर्किने तयारीमा छन् भने उनको स्थानमा कर्नेल गणेशबहादुर भण्डारीलाई पठाइन लागेको छ । भारतमा कार्यरत कर्नेल पदमविलास कार्की पनि फर्किने तयारीमा छन् । उनको स्थानमा कर्नेल अशोकनरसिंह राणालाई दिल्ली पठाइने परराष्ट्र मन्त्रालयले जनाएको छ । अमेरिकामा हाल कर्नेल हेमन्तराज कुँवर सैनिक सहचारीका रूपमा खटिएका छन् । पदावधि सकिएका कुँवर काठमाडौं फर्किने तयारीमा छन् भने कुँवरको ठाउँमा सरकारले कर्नेल शमशेर ठकुराठीलाई खटाउने तयारी गरेको छ । संयुक्त राष्ट्रसंघीय स्थायी नियोगमा कर्नेल पूर्ण सिलवाल छन् । उनीअघि देवेन्द्रबहादुर मेधासी कार्यरत थिए । नेपाल हेर्न खटाइएका विदेशी सैनिक सहचारीहरूलाई वर्षमा एकपटक सेनाको वाषिर्कोत्सव समारोहमा बोलाउने गरिएको छ भने कामविशेषले पनि उनीहरू नेपाल आइरहन्छन् । नेपाली सेनाका प्रवक्ता सहायकरथी रमीन्द्र क्ष्ाेत्री सैनिक सम्बन्ध स्थापना भएका मुलुकबाट सैनिक तालिमलगायतको सहयोग नेपाली सेनलाई प्राप्त भइरहेको बताउँछन् । बेलायत, अमेरिका, भारत, चीन र पाकिस्तानमा नेपाली सेनालाई सहायक रथीस्तरको तालिमका लागि अवसर प्राप्त भइरहेको उनले जानकारी दिए । नेपालले आवश्यकता हेरेर मात्रै सैन्य सहचारी नियुक्त गर्नुपर्ने परराष्ट्रविद्हरूको सुझाव छ । पूर्वपरराष्ट्रमन्त्री रमेशनाथ पाण्डे भन्छन्, 'विदेशमा निष्त्रिmय रहेर बसेकाहरूलाई सक्रिय तुल्याउनुपर्छ । जहाँ आवश्यक छैन उनीहरूलाई फिर्ता बोलाउनुपर्छ ।' परराष्ट्र मन्त्रालयका प्रवक्ता हीराबहादुर थापा सैन्य सहचारीहरूमार्फत नेपालले अन्य मुलुकसँग र अन्य मुलुकले नेपालसँग सैन्य सम्बन्ध स्थापना गरेको बताउँछन् । -पर्शुराम काफ्ले/नयाँ पत्रिका

0 तपाईका प्रतिक्रियाहरु: