स्मृतिका पन्नाहरु

हावाको क्यान्भासले पल्टाएका स्मृतिका केही पन्नाहरु

4:47:00 am

ओबामाका उपराष्ट्रपति उम्मेदवार जो विदेल

सामग्री प्रस्तुति Ram Prasad Panta

वासिङ्टन/ संयुक्तराज्य अमेरिकाका डेमोक्रेटिक पार्टीका राष्ट्रपति उम्मेदवार बाराक ओबामाले उपराष्ट्रपतिका उम्मेदवार शनिबार बिहान चयन गरेका छन् । ओबामाले डेलावेरका सिनेटर जो विदेनलाई डेमोक्रेटिक पार्टीका उपराष्ट्रपतिका उम्मेदवार चयन गरेका हुन् । विदेन विदेशनीति र रक्षा मामिलामा दक्ष भएको बताएको छ । वेबसाइटमार्फत् ओबामाले उपराष्ट्रपतिको चयनको घोषणा गरेका थिए । चन्दाका लागि अपिल गर्दै ओबामा र उपराष्ट्रपतिका उम्मेदवार जो विदेलको तस्बिर वेबमा राखिएको थियो । त्यसपछि टेक्स्ट म्यासेजमार्फत् उपराष्ट्रपति चयनको जानकारी दिइएको थियो । 'बाराकले सिनेटर जो विदेललाई हाम्रा उपराष्ट्रपतिका उम्मेदवार चयन गरेका छन्,' टेक्स्टमा लेखिएको थियो । ६५ वषीय विदेलले ३० वर्षभन्दा बढीको सिनेटको अनुभव संगालेका छन् । उनी राम्रो वक्ताको रूपमा चिनिन्छन् । उनी वैदेशिक सम्बन्ध कमिटीको अध्यक्ष, न्यायिक कमिटीको अध्यक्ष भइसकेका छन् । उपराष्ट्रपतिको मुख्य फाइनलिस्टमा हिलारी क्लिन्टन, कान्सासका गर्भनर काथलिन सेविलियस र टेक्सासकी प्रतिनिधि चेट इडवार्डस रहेका छन् । लिस्टमा परेका तुलनामा विदेलको रक्षा र वैदेशिक मामिलामा बढी अनुभव भएको बताइन्छ । यी दुई मामिलामा रिपब्लिकन पार्टीका उम्मेदवार जोन म्याकेनभन्दा ओबामाको अनुभव कम रहेको छ । वैदेशिक र रक्षा मामिलाको अनुभवबाहेक विदेलको 'श्रमिक वर्ग' को पृष्ठभूमि रहेको छ । विदेलको यस पृष्ठभूमिले ओबामालाई निकै फाइदा पुग्ने देखिन्छ । डेमोक्रेटिक पार्टीका राष्ट्रपति उम्मेदवार छनोटको चुनावमा श्रमिकवर्गको मत हिलारी क्लिन्टनतर्फ गएको थियो । विदेल २९ वर्षको उमेरमा १९७२ मा सिनेटमा निर्वाचित भएका थिए । तर, पद सम्हाल्नुअघि नै ट्रयाक्टर दुर्घटनामा उनकी श्रीमती र १३ महिने छोरीको मृत्यु भयो । छोरालाई राखिएको अस्पतालको शय्याको छेउमा उनले आफ्नो कार्यकालको पहिलो शपथ खाएका थिए । उपराष्ट्रपतिको चयनको घोषणा फैलनेबित्तिकै रिपब्लिकन पार्टीका चुनावी अभियान प्रवक्ताले आलोचना गरिसकेका छन् । प्रवक्ता बेन पोर्रिटले एक विज्ञप्तिमार्फत् ओबामाको वैदेशिक नीतिको मूल्यांकन कमजोर भएको बताए । साथै, २००७ मा विदेलले अमेरिकी टेलिभिजन एबिसीलाई दिएको अन्तर्वार्ता उद्धृत गरे । अन्तर्वार्तामा विदेलले ओबामा अझै राष्ट्रपति बन्न तयार नभएको बताएका थिए ।

0 तपाईका प्रतिक्रियाहरु: