स्मृतिका पन्नाहरु

हावाको क्यान्भासले पल्टाएका स्मृतिका केही पन्नाहरु

2:22:00 am

फुटेर होइन जुटेर अगाडि बढ्न आह्वान

सामग्री प्रस्तुति Ram Prasad Panta

राष्ट्रपति डा। रामवरण यादवले सोमबार सप्तकोशीको तटबन्ध फूटेर डूबानग्रस्त बनेको सुनसरीको विभिन्न क्षेत्रको हवाई तथा स्थलगत निरीक्षण भ्रमण गर्नुभएको छ । भदौ २ गते दिउँसो सुनसरीको पश्चिमकुसाहास्थित सप्तकोशीको नदीको दुईवटा स्पर भत्केर बाढी मानववस्तीतर्फ प्रवेश गरेपछि सुनसरीका आधादर्जन गाउँविकास समिति डुवानमा परेका थिए । डुबानग्रस्त क्षेत्रको निरीक्षण भ्रमणको क्रममा उहाँले डुबानका कारण अवरुद्ध बनेको पुर्वपश्चिम राजमार्गमा भएको कटान त्यसले निम्त्याएको अप्ठेरो र प’ननिर्माणको संभावनाको बिषयमा अधिकारीहरुसँग कटानस्थलमै छलफल समेत गर्नुभएको थियो । त्यहाँको वस्तुस्थिति बुझेर राष्ट्रपति यादवले सुनसरीको सदरमुकाम इनरुवास्थित विभिन्न अस्थायी शिविरहरुको निरीक्षण समेत गर्नुभएको थियो । सो अवसरमा विस्थापितहरुले राष्ट्रपति समक्ष राहात वितरण प्रकि्रया व्यवस्थित नभएको बाढीमा अझै आफ्ना आफन्त फसेका केही आफन्त सम्पर्कमा नआएका घरबार बगेको गुनासो गरेका थिए । राष्ट्रपतिले विस्थापितहरुको व्यवस्थापन तथा त्यस क्षेत्रमा देखिएका सबै समस्याको दीर्घकालीन समाधानका लागि आफुले सरकारलाई सचेत गराउनेमा जोड दिनुभएको थियो । मुलुकमा आइपरेको यस्तो विपतिमा सबै नेपालीलाई फुटेर होइन जुटेर अगाडि बढ्न समेत राष्ट्रपतिले आह्वान गन’्रभएको छ । विस्थापितहरुलाई राखिएका शिविरहरुको निरीक्षणपछि आयोजित सर्वपक्षीय छलफल कार्यक्रममा राजनीतिक दलका प्रतिनिधिहरुले सप्तकोशीको तटबन्ध कटानका कारण राहात व्यवस्थापन तथा वितरणमा देखिएको कमीकमजोरी र आगामी दिनमा भारतसँग गरिने सम्झौताहरुको बिषयमा सरकारी स्तरबाट देखाउन’पर्ने सचेतनाको बिषयमा राष्ट्रपति यादवको ध्यानाकर्षण गरेका थिए ।

0 तपाईका प्रतिक्रियाहरु: