स्मृतिका पन्नाहरु

हावाको क्यान्भासले पल्टाएका स्मृतिका केही पन्नाहरु

1:25:00 am

एक सय सात वर्षीय साधुद्वारा साधुनीको हत्या

सामग्री प्रस्तुति Ram Prasad Panta

झापा। पिण्ड खाने बेला भइसकेका झापाको सुरुंगा-७ स्थित कोटीहोममा १०७ वर्षीय साधुले कोटीहोममै बस्ने ८५ वर्षीया साधुनीको हत्या गरेका छन् । प्राप्त समाचारअनुसार साधु जीवनाथ ति_िम्सना र साधुनी चन्द्रमाया विकबीच सामान हराएको विषयमा भएको विवादले उग्ररुप लिएपछि ति_िम्सनाले विकको टाउकोमा मुंग्रो प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको हो । घटनापछि इलाका प्रहरी कार्यालय बिर्तामोडले हत्यारा १०७ वर्षीय वृद्ध साधु ति_िम्सनालाई पक्राउ गरेको छ । प्रहरीले साधु ति_िम्सनाको भान्सामा प्रयोग हुने मसला खाने तेललगायतका सामानहरु हराउने गरेको र साधुनी विकले चोर्ने गरेको विषयमा वादविवाद हुँदा साधु ति_िम्सनाले आक्रोशमा आएर टाउकोमा मुंग्रो प्रहार गरेको बयान दिएको बताएको छ । यसैबीच नाच हेर्न जाँदा भएको सामान्य विवादमा धनुषाको यदुकोहा-१ का मुख्तार दर्जीले एक किशोरको गोली हानी हत्या गरेका छन् । यदुकोहा गाविसबाट कृष्णअष्टमीको अवसरमा आयोजित नाच हेर्नका लागि नुन्नुपट्टी गइरहेको अवस्थामा १८ वर्षीय मुख्तार दर्जी र १७ वर्षीय जितनारायण यादवबीच विवाद उत्पन्न भएको थियो । त्यही विवादका क्रममा दर्जीले एक्कासी यादवको पेटमा गोली प्रहार गरी हत्या गरेका हुन् । घटनापछि प्रहरीले हत्यारा दर्जीलाई पेस्तोलसहित पक्राउ गरेको छ ।

0 तपाईका प्रतिक्रियाहरु: