विश्वका १० चर्चितमध्ये ज्ञानेन्द्र पनि
दुई सय ३८ वर्ष लामो राजतन्त्रात्मक परम्परालाई पूर्णविराम लगाउने राजाका रूपमा चित्रित ज्ञानेन्द्रलाई अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्समा प्रकाशित समाचारको आँकडाअनुसार विश्वका दस प्रमुख व्यक्तित्वमा पारिएको हो ।चिनियाँ समाचार संस्था सिन्ह्वाले रोयटर्सलाई उद्धृत गर्दै दिएको तस्बिर-समाचारमा ज्ञानेन्द्रलाई छैटौं नम्बरमा राखिएको छ । सिन्ह्वाले सार्वजनिक गरेको सो सूचीको पहिलो नम्बरमा नवनिर्वाचित अमेरिकी राष्ट्रपति बाराक ओबामा रहेका छन् । अमेरिकी इतिहासमा ह्वाइटहाउस प्रवेश गर्ने उनी पहिलो अश्वेत नागरिक भनेर तस्बिर विवरणमा उल्लेख गरिएको छ ।दोस्रो नम्बरमा छन् न्युयोर्कका पूर्वगभर्नर इलियट स्पिजर । एक वेश्यासँगको सम्बन्धबारे समाचार प्रकाशित भएपछि उनको चर्चा विश्वभरि फैलिएको थियो । समाचार सार्वजनिक भएको दोस्रो दिन उनले गभर्नर पदबाट राजीनामा दिएका थिए ।जापानका पूर्वप्रधानमन्त्री यासुओ फुकुदालाई तेस्रो नम्बरमा राखिएको छ । विभिन्न आरोपका कारण विवादमा परेका यासुओले आफ्नो प्रधानमन्त्रीय पूर्णकाल नछिचोल्दै राजीनामा गर्नुपरेको थियो ।त्यसैगरी, रुसका नयाँ राष्ट्रपति दिमित्री मेदमेडेभलाई चौथो, क्युबाका ...