गोरखा प्रबासी संघको संरक्षकत्वमा सम्पूर्ण कतारबासी नेपाली कलाकारहरुलाई एकत्रीत गर्दै नेपाली कला र संस्कृतिको जगेर्ना गर्ने हेतुले गठित मनकामना साँस्कृतिक परिबारको तदर्थ समितिको भेला तथा जलपान समारोह यही १५ अगष्ट २००८ का दिन दोहामा सम्पन्न भयो । सो समारोहमा गोरखा प्रबासी संघका सल्लाहकार संयोजक जि।बि। परियार मनकामना साँस्कृतिक परिबारका सल्लाहकार गोबिन्द अर्याल बिभिन्न बिधाका कलाकारहरु तथा गोरखा प्रबासी संघका कार्य समितिका पदाधिकारीहरुको समेत उपस्थीति रहेको थियो । सो समारोहमा उपस्थीत अतिथिहरुले कतारको सन्दर्भमा मनकामना साँस्कृतिक परिबारले खेल्नु पर्ने भुमिका र दायित्वका बारेमा प्रकाश भ्ाएको थियो । उक्त साँस्कृतिक परिबारले १९ सेप्टेम्बर २००८ का दिन बिबिध साँस्कृतिक कार्यक्रम सहित आफ्नो घोषणा सभा गर्न गइरहेको सो परिबारका तदर्थ समितिका अध्यक्ष आश ब। गुरुङ्गले बताउनु भयो । उहाँले मनकामना साँस्कृतिक परिबारको स्थपना उदेश्य तथा भाबी दिनहरुमा यस साँस्कृतिक परिबारले खेल्नु पर्ने भुमिकाको बारेमा मन्तव्य राख्दै सम्पुर्ण कतारबासी नेपाली दाजुभाई दिदी बहिनीहरु उद्योगपति तथा व्यापारीहरुमा सहयोगको अपेक्षा राखेको बताउनु भयो । सो समारोहमा कलाकारहरु कमला लामा माया लामा गिता राना इन्दिरा अर्याल लगायतका चर्चित महिला कलाकारहरुले आ-आफ्नो बिधाको प्रस्क्तुती गर्नु भएको थियो । सो कार्यक्रममा दोहोरी गायकहरु प्रेम अर्याल डम्बरदेब ओझा राम सुनार लगायतका गायकहरुको गुल्मी जिल्ला र गोरखा जिल्ला बिच दोहोरी प्रतियोगिता समेत भएको थियो । सो जलपान समारोहमा कतारमा निर्माणाधिन चलचित्र तिमै्र लागिको सम्पूर्ण कलाकार तथा फिल्म युनिटको समेत बिशेष उपस्थीति रहेको थियो । उक्त कार्यक्रमको संचालन गोरखा प्रबासी संघका सचिब गणेश बानियाँले गर्नु भएको थियो भने जलपानका लागि व्यबस्थापन अल अमिन इन्टरप्राइजेज कम्पनीका सम्पूर्ण नेपाली दाजुभाईहरुले गर्नँु भएको थियो
म राम प्रसाद पन्त , एक उत्साही यात्री जसलाई संसारको अन्वेषण गर्ने असीम जिज्ञासा छ। व्यस्त शहरहरू देखि शान्त परिदृश्यहरू सम्म, म नयाँ गन्तव्यहरू अन्वेषण गर्न र विविध संस्कृतिहरूमा डुब्न मन पराउँछु। यो ब्लग मार्फत, म मेरा साहसिक कार्यहरू, अन्तर्दृष्टिहरू, र विचारहरू साथी यात्रीहरू र सपना देख्नेहरूसँग साझा गर्न चाहन्छु।
Subscribe to:
Post Comments (Atom)
126 people have been confirmed dead in Tibet
Macau SAR! Rescuers work at a village in Dingri County in Xigaze, southwest China's Xizang Autonomous Region, Jan. 7, 2025. A total of ...
-
जुन आकाशमा विस्तारै देखियो। मैले साह्रै कर गरेपछि त्यस साँझ उसले भन्यो—’घटनाको पीडा मैले अनुभव गरेको छु। सुन्नेले मात्रै अनुमान गरिदिन सक्छ।...
-
काठमाडौं/ भारतको हैदरावादमा हुने एएफसी च्यालेन्ज कप फुटबल प्रतियोगिताका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा गरिएको छ । प्रमुख प्रशिक्षक विराट...
No comments:
Post a Comment