राष्ट्रपति समक्ष प्रधानमन्त्रीले आज दिउँसो ३ बजे शपथ लिने कार्यक्रम रहेको छ । गठबन्धनका प्रमुख तीन दल माओवादी एमाले तथा फोरमबीच प्रधानमन्त्रीको शपथ अगाडि नै मन्त्रालय बाँडफाँडको टुंगो लगाउने तयारी भए पनि गठबन्धन दलभित्रै पनि सरकारमा को को सहभागी हुने भन्ने आन्तरिक खिचातानी भएकाले आजै मन्त्रीको टुंगो लाग्ने सम्भावना कम रहेको छ । अन्य दलभित्र सहमति भई मन्त्रालय टुंगो नलगाए भोलिसम्म माओवादीले आफ्नो पार्टीका मन्त्रीलाई मात्र लिएर सरकार गठन गर्ने तयारी भएको बताइएको छ । पछि थप्ने गरी तत्काल माओवादीले आफ्नो तर्फबाट डा। बाबुराम भट्टराईलाई अर्थ रामबहादुर थापालाई रक्षा तथा कृष्णबहादुर महरा पम्फा भूसाल जयपुरी घर्तीको मन्त्रालय टुंगो नलागेको लगायतलाई लिएर सरकार गठन गर्ने बुझिएको छ ।त्यस्तै एमालेभित्र सुरेन्द्र पाण्डे भीम रावल रामचन्द्र झा पृथ्वीसुब्बा गुरुङको टुंगो लागे पनि सरकारमा कसले प्रतिनिधित्व गर्ने नेताहरुमा नै खिचातानी भइरहेको छ । विष्णु पौडेल वामदेव गौतम अमृत बोहरा ईश्वर पोखरेल कसले सरकारमा एमालेको नेतृत्व गर्ने खिचातानी भएको छ ।त्यस्तै फोरममा पनि उपेन्द्र यादवले विजय गच्छेदारले नेतृत्व गर्ने वा अन्य नेताले नेतृत्व गर्ने भन्ने विषयमा विवाद उत्पन्न भइरहेको छ । मालेबाट सीपी मैनाली आफैं जाने भन्दै भूमिसुधार मन्त्रालय दाबी गरेका छन् ।यसैबीच नवनिर्वाचित प्रधानमन्त्री दाहालले कोट पाइन्टमा नै शपथ लिने भएका छन् । एमाले शीर्ष नेतासँग आइतबार भएको छलफलमा कानुनी व्यवस्था परिवर्तन नगरेसम्म दौरासुरुवालमा शपथ लिने कानुनी र विगतका प्रचलनलाई अंगाल्न सुझाव दिइएको भए पनि अन्तर्राष्ट्रिय मान्यताको उदाहरण दिँदै दाहालले कोट पाइन्ट लगाउने जानकारी दिएका थिए ।
म राम प्रसाद पन्त , एक उत्साही यात्री जसलाई संसारको अन्वेषण गर्ने असीम जिज्ञासा छ। व्यस्त शहरहरू देखि शान्त परिदृश्यहरू सम्म, म नयाँ गन्तव्यहरू अन्वेषण गर्न र विविध संस्कृतिहरूमा डुब्न मन पराउँछु। यो ब्लग मार्फत, म मेरा साहसिक कार्यहरू, अन्तर्दृष्टिहरू, र विचारहरू साथी यात्रीहरू र सपना देख्नेहरूसँग साझा गर्न चाहन्छु।
8.19.2008
प्रधानमन्त्रीद्वारा एक्लै शपथ !
काठमाडौं । झण्डै दुई दर्जन पार्टीको साथ पाएर निर्वाचित भएका प्रधानमन्त्री पुष्पकमल दाहालले लामो कसरत गर्दा पनि शपथ अगाडि नयाँ सरकारको स्वरुप तयार गर्न असफल भएका छन् ।सामान्यतया प्रधानमन्त्रीको शपथ अगाडि नै सरकारको स्वरुप निर्माण गरी प्रधानमन्त्रीको शपथपछि मन्त्रीहरुले पनि शपथ लिने परम्परा रहे पनि यसपटक प्रधानमन्त्री दाहालले एक्लै राष्ट्रपति समक्ष शपथ लिने भएका छन् । गठबन्धनका प्रमुख दलहरुबीच मन्त्रालय बाँडफाँडमा कुरा नमिलेपछि दाहालले एक्लै शपथ लिने भएका हुन् ।
Subscribe to:
Post Comments (Atom)
126 people have been confirmed dead in Tibet
Macau SAR! Rescuers work at a village in Dingri County in Xigaze, southwest China's Xizang Autonomous Region, Jan. 7, 2025. A total of ...
-
जुन आकाशमा विस्तारै देखियो। मैले साह्रै कर गरेपछि त्यस साँझ उसले भन्यो—’घटनाको पीडा मैले अनुभव गरेको छु। सुन्नेले मात्रै अनुमान गरिदिन सक्छ।...
-
काठमाडौं/ भारतको हैदरावादमा हुने एएफसी च्यालेन्ज कप फुटबल प्रतियोगिताका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा गरिएको छ । प्रमुख प्रशिक्षक विराट...
No comments:
Post a Comment