स्मृतिका पन्नाहरु

हावाको क्यान्भासले पल्टाएका स्मृतिका केही पन्नाहरु

5:16:00 am

भारतले तीन विकेटले जित्यो

सामग्री प्रस्तुति Ram Prasad Panta

दाम्बुला / श्रीलंकाविरुद्धको दोस्रो एकदिवसीय खेल भारतले तीन विकेटले जितेको छ । भारतको सो जितसँगै पाँच एकदिवसीय शृंखला १-१को बराबरीमा पुगेको छ । टस जितेर पहिले फिल्डिङ गरेको भारतले श्रीलंकालाई एक सय ४२ रनमा समेटेको थियो । भारतीय बलरको सामना गर्न कठिनाइ भएपछि श्रीलंकाली टोली ३८ ओभर तीन बलमै सम्पूर्ण विकेट गुमाउन पुगेको थियो । प्रत्युत्तरमा भारतले ३९ ओभर चार बलमा सात विकेट गुमाई एक सय ४३ रनको योगफल तयार गर्‍यो । भारतीय बलरको आक्रमणमा परेपछि श्रीलंकाले एक समय ११ रन जोड्दा चार विकेट गुमाएको नाजुक अवस्थामा पुगेको थियो । जाहिर खानले दोस्रो ओभरमा कुमार सांगकारालाई पहिलो विकेटका रूपमा पबेलियन पठाए । त्यसपछिका तीन बलमा उनले दुई विकेट लिए । यद्यपि, घरेलु टोलीको योगफल सुधार्न थिलान थुसाराले सात चौका प्रहार गर्दै ४४ रन जोडेका थिए । तर, उनको प्रयासले टोलीलाई खेलमा चुनौती कायम राख्ने योगफल तयार गर्न कुनै मद्दत गरेन । प्रत्युत्तरमा आएको भारतले पनि गतिलो सुरुवात गर्न सकेन । सुरुको पाँच ओभरमै टोलीले दुई विकेट गुमायो । तर, महेन्द्रसिंह धोनीले ३९ रन तथा सो खेलबाट डेब्यु गरेका सुब्रमनिम बदि्रनाथले अविजित २७ रन जोडेपछि भारत विजयी हुन सकेको हो । घरेलु भूमिमा भारतविरुद्ध सर्वाधिक कम योगफल बनाएको श्रीलंकाले यो दोस्रोपटक हो । यसअघि, टोलीले एक सय ८१ रनको योगफल तयार गरेको थियो । दुई टोलीबीच तेस्रो एकदिवसीय खेल कोलम्बोमा आइतबार हुनेछ ।

0 तपाईका प्रतिक्रियाहरु: