स्मृतिका पन्नाहरु

हावाको क्यान्भासले पल्टाएका स्मृतिका केही पन्नाहरु

काठमाडौं। राष्ट्रपति डा रामवरण यादवले राष्ट्रिय एकता र अखण्डताको पक्षमा उभिन सबैलाई आग्रह गर्नुभएको छ। आज बिहान आठ विद्यार्थी संगठनका विद्यार्थी नेताहरुसँगको भेटमा राष्ट्रपति यादवले यस्तो बताउनुभएको हो राष्ट्रिय एकताको विकल्प नभएको भन्दै उहाँले राष्ट्रिय समस्याका विषयमा सबै एकजुट भएर अघि बढ्नुपर्ने बताउनुभयो। उहाँले भारतसँगको असमान सन्धीहरुको कारण देशले अहिले अकल्पनिय विपति भोग्नुपरेको समेत स्पष्ट पार्नुभयो। विद्यार्थीहरुले राष्ट्रपति भवनमा पुगेर सप्तकोशी बाँधबाट पिडितहरुलाई राहत र पुनर्स्थापनाका विषयमा राष्ट्रपतिको ध्यानाकर्षण गराएका थिए। राष्ट्रपति यादवले विद्यार्थीहरुको ध्यानाकर्षणप्रति समर्थन जनाउँदै सरकारलाई थप दबाब दिन आग्रह गर्दै आफ्नो पूर्ण समर्थन रहने आश्वासन दिनुभएको विद्यार्थी नेता ठाकुर गैरेले जानकारी दिनुभयो। तेस्तै नेकपा माओवादी र मधेसी जनअधिकार फोरमबीच कोशी नदीको बाँधको अनुसन्धान गर्न एक उच्चस्तरीय छानविन आयोग गठन गर्ने सहमति भएको छ। माओवादी र फोरमका नेताहरुबीच प्रधानमन्त्री निवास नयाँ बजारमा आज बिहान भएको छलफलमा यस्तो सहमति भएको हो। दलहरुबीचको छलफलमा फोरमले सप्तकोशीसहित पटकपटक डुबानमा पर्ने विभिन्न बाँधका विषयमा अनुसन्धान गर्न आयोग गठन गर्नुपर्ने माग राखेपछि प्रधानमन्त्री पुष्पकमल दाहालले सहमति जनाउनुभएको थियो। द्धपक्षिय छलफलमा बाँध भत्किएपछि भएको क्षति र पिडितहरुको पुनर्स्थापनाका लागि प्रशासनिक अनुसन्धान थालिने सहमति समेत भएको फोरम अध्यक्ष उपेन्द्र यादवले जानकारी दिनुभयो। यसैबीच, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बाढीपिडितका उद्धार र पुनर्स्थापनामा ध्यान दिन मन्त्रालयका सचिवहरुलाई निर्देशन दिनुभएको छ। प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा आज विभिन्न मन्त्रालयका सचिवहरुलाई यस्तो निर्देशन दिनुभएको छ। प्रधानमन्त्री प्रचण्डले सचिवहरुसँग सरकार संचालनका विषयमा पनि छलफल गर्नुभएको स्रोतले बताएको छ। छलफलमा माओवादीका वरिष्ठ नेताहरुको पनि सहभागिता रहेको थियो।

0 तपाईका प्रतिक्रियाहरु: