स्मृतिका पन्नाहरु

हावाको क्यान्भासले पल्टाएका स्मृतिका केही पन्नाहरु

2:16:00 am

कक्षाभित्र बन्दुक ल्याउन अनुमति

सामग्री प्रस्तुति Ram Prasad Panta

टेक्सास/ संयुक्तराज्य अमेरिकाको टेक्सास राज्यको विद्यालय क्षेत्रमा शिक्ष्ाकलाई कक्षाकोठामा बन्दुक ल्याउन यस वर्षको शरद ऋतुदेखि अनुमति दिने जिल्ला निरीक्षकले शुक्रबार बताएका छन् । ग्रामीण क्ष्ाेत्रमा अवस्थित ह्यारोल्ड इन्डिपेन्डेन्ट स्कुलको बोर्डले शिक्ष्ाकलाई कक्षाकोठाभित्र बन्दुक ल्याउन पाउने नीतिलाई पारित गरेको जिल्लाका निरीक्षक डेभिड थेवेटले बताए । उनका अनुसार, अभिभावकले यसमा कुनै आपत्ति जनाएका छैनन् । ह्यारोल्डमा एक सय १० विद्यार्थी अध्ययनरत छन् । सुरक्षा पक्षलाई मध्यनजर गर्दै शिक्षकलाई कक्षा कोठामा बन्दुक ल्याउन दिइएको थेवेटले बताएका छन् । कक्षामा गोप्य रूपमा हातेबन्दुक ल्याउन चाहने शिक्ष्ाकले बन्दुक दर्ता गर्नुका साथै विद्यालयबाट बन्दुक ल्याउने अनुमति लिनुपर्ने उनले बताए । कक्षाकोठाभित्र हातेबन्दुक ल्याउन चाहने शिक्ष्ाकले जोखिमय स्थिति व्यवस्थापन तालिम लिएको हुनपर्नेछ । अमेरिकाका विद्यालयमा समयसमयमा बन्दुक प्रहार हुने गरेकाले विद्यालयको अनुमति लिएर विद्यार्थी र शिक्षकलाई गोप्य रूंपमा बन्दुक ल्याउने दिने माग उठिरहेको छ । एकपटक, अमेरिकी कंग्रेसले राष्ट्रव्यापी रूपमा हातेबन्दुकलाई विद्यालयमा प्रतिबन्ध लगाएको थियो । तर, अमेरिकी सर्वाेच्च अदालतले बन्दुक बोक्न पाइने पक्षमा फैसला गर्‍यो । तर, राज्य तथा स्थानीय निकायले आफ्नो कानुन लागू गर्न पाउँछन् । टेक्सासमा विद्यालयको अनुमतिबिना हातेबन्दुक ल्याउन प्रतिबन्ध छ ।

0 तपाईका प्रतिक्रियाहरु: