स्मृतिका पन्नाहरु

हावाको क्यान्भासले पल्टाएका स्मृतिका केही पन्नाहरु

2:20:00 am

एकै बेतमा सात सन्तान

सामग्री प्रस्तुति Ram Prasad Panta

कायरो/ इजिप्टको तटीय सहर अलेक्जान्दि्रयामा एउटी २७ वषीया महिलाले शनिबार एकै बेतमा सात सन्तान जन्माएकी छिन् । एल सात्वी अस्पतालका निर्देशक यमाद दार्बिसले गजला खामिस नामकी ती महिलाको स्वास्थ्यस्थिति राम्रो रहेको बताएका छन् । ती सातै बच्चा अपरेसन गरेर जन्माइएका हुन् । नवजात शिशुमा चार छोरा र तीन छोरी छन् । उनीहरूको तौल ३.२ देखि ६.१७ पाउन्डसम्म रहेको दार्बिसले बताएका छन् । उनीहरूलाई चार विभिन्न अस्पतालका इन्कुवेटरमा राखिएको छ । 'यो अत्यन्त दुर्लभ गर्भावस्था हो । मेरो ३३ वर्षको व्यावसायिक जीवनमा मैले यस्तो कहिल्यै देखेको थिइनँ,' दार्बिस भन्छन् । आठ महिनाको गर्भावस्थामा मिर्गौलामा दबाब परेपछि दार्बिस खामिसको अपरेसन गर्ने निधोमा पुगेका थिए । खामिसका यसअघि तीन छोरी छन् । छोरा पाउने लोभमा उनले प्रजनन औषधि सेवन गरेकी थिइन् । फलस्वरूप अहिले सात सन्तान जन्माउन पुगिन् । उनी बेहैइरा प्रान्तका किसानकी श्रीमती हुन् । दुई महिनाअघि उनलाई अस्पतालमा भर्ना गरिएको थियो । 'प्रारम्भिक परीक्षणबाट यी शिशुमा कुनै पनि प्रकारको विकलांगता वा अपूर्ण अंग भएको देखिएन,' दार्बिस भन्छन् । इजिप्टका स्वास्थ्यमन्त्रीले यी शिशुलाई दुई वर्षसम्म निःशुल्क रूपमा दूध र डायपर उपलब्ध गराउने घोषणा गरेका छन् ।

0 तपाईका प्रतिक्रियाहरु: