स्मृतिका पन्नाहरु

हावाको क्यान्भासले पल्टाएका स्मृतिका केही पन्नाहरु

काठमाडौं । नेपालमा दोस्रो कम्युनिस्ट प्रधानमन्त्री बन्ने सफल पुष्पकमल दाहालको चीन भ्रमणबारे भारत सरकार असन्तुष्ट भएको बताइन्छ ।प्रधानमन्त्री दाहालको चाहनाअनुसारको समय ओलम्पिकको समापन हुने समय परेकाले भारतभन्दा पहिले चीन भ्रमण गर्न लागेको अवस्थामा भारतले भने चीन जानुपूर्व भारत आएको हेर्न चाहेको बुझिएको छ । यद्यपि प्रधानमन्त्री दाहाल ओलम्पिकको समापन समारोहमा भाग लिन शनिबार चीन जाने कार्यक्रम तय भइसकेको बताइन्छ । एकातिर मन्त्रिपरिषद् विस्तार नभएको र अर्कोतिर नेपालमा दैविक आपत्ति परिरहेकोले प्रधानमन्त्री दाहालले चीन भ्रमण कुनै पनि हालतमा जाने छन् । भारत सरकारभन्दा चीन सरकारसँग नजिकको सम्बन्ध राख्न चाहने माओवादी अध्यक्षसमेत रहेका दाहाललाई भारत सरकारले तत्कालको चीन भ्रमण रोक्न आग्रह गरेको छ । माओवादीका विदेश विभाग प्रमुखसमेत रहेका सीपी गजुरेलले भारत सरकारको तर्फबाट छिट्टै चीनको भ्रमण नगरेको भए राम्रो हुन्थ्यो भन्ने सुझाव आएको कुरा स्वीकार गरे । तर भारतीय विस्तारवादको व्यापक विरोध गरेर नथाक्ने माओवादीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालको विदेश भ्रमणको विषयमा समेत हस्तक्षेप गर्दैगर्दा कुनै नेताले कुनै प्रतिकि्रया दिएका छैनन् । दाहाल प्रधानमन्त्री भएलगत्तै बधाई एवं भारत भ्रमणको निम्ता दिन आएको भारतीय टोलीले समेत चीनभन्दा पहिले भारत आउन आग्रह गरेको बताइन्छ । दाहाललाई प्रधानमन्त्री बनाउन भारतमा समेत चर्को दबाब दिने भारतीय नेताहरु अहिले चीनतर्फ नरम देखिएपछि सम्बन्ध चिसिने सम्भावना बढेको छ ।

0 तपाईका प्रतिक्रियाहरु: