स्मृतिका पन्नाहरु

हावाको क्यान्भासले पल्टाएका स्मृतिका केही पन्नाहरु

काठमाडौं । माओवादी भ्रातृ संघ संगठनले मिस नेपाल प्रतियोगिताको विरोध गर्दै कुनै पनि हालत गर्न नदिने तयारी गरिरहेकाबेला मिस नेपालको आयोजक प्रतियोगी पूर्वमिस नेपालका प्रतिनिधि मण्डलले माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डु लाई भेटेका छन् । नवनिर्वाचित प्रधानमन्त्रीसँगको भेटमा उनीहरुले भदौ ७ गतेको फाइनल कार्यक्रमका सहभागी तथा आम जनताको आवागमनमा भयमुक्त वातावरण सिर्जना गरिदिन आग्रह गर्दै ज्ञापनपत्र पनि बुझाएका छन् । भेटमा प्रधानमन्त्रीले प्रतियोगिताको विषयमा सकारात्मक रुपमा सोच्ने बताएको मिस नेपालको आयोजना द हिडेन ट्रेजरले जानकारी दिएको छ । तर आफ्नै विभिन्न भ्रातृ संगठनले कुनै पनि हालतमा सुन्दरी प्रतियोगिता हुन नदिने भन्दै संघर्षका कार्यक्रम साथै भदौ ७ गते उपत्यका बन्द घोषणा गरिसकेकाले अब प्रधानमन्त्रीले कस्तो निर्देशन दिने हुन् त्यो भने हेर्न बाँकी छ । तेस्तैगारी इतिहासमा सबैभन्दा बढी सैनिक सुरक्षा पाएको भए पनि नवनियुक्त प्रधानमन्त्री प्रचण्डलाई जनमुक्ति सेनाले समेत सुरक्षा दिने भएको छ । प्राप्त समाचारअनुसार माओवादीको हिजो बसेको सचिवालय बैठकले प्रधानमन्त्रीको सुरक्षार्थ ३३ जना जनमुक्ति सेना खटाउने निर्णय गरेको छ । प्रचण्डको सुरक्षार्थ सुरक्षाको पहिलो घेरामा जनमुक्ति सेना राख्ने र त्यसपछि नेपाली सेना र नेपाल प्रहरी राखिँदैछ । प्रधानमन्त्रीको सुरक्षार्थ एक सय ४० सैनिक र ७० प्रहरी खटाइएको छ । माओवादीले प्रधानमन्त्रीको सुरक्षार्थ जनमुक्ति सेना पनि परिचालन गर्ने निर्णय गरेपछि गठबन्धनका अन्य दलले आपत्ति जनाएका छन् । राष्ट्रिय सेनालाई अविश्वास गरेर प्रधानमन्त्रीजस्तो पदमा पुगेको मानिसले विद्रोही छापामारलाई सुरक्षार्थ खटाउनु राष्ट्रिय सेनाको मनोबल घटाउने कार्य भएको भन्दै निर्णय फिर्ता लिन आग्रह गरेका छन् । प्रचण्ड माओवादीका मात्रै होइन राष्ट्रका पनि प्रधानमन्त्री भएकाले त्यस प्रकारको निर्णय गरेर माओवादीले गल्ती गरेको धारणा राखेका छन् । पार्टीको निर्णयसँगै जनमुक्ति सेनाका छापामारले प्रचण्डलाई हिजो शपथ ग्रहणका बेला सुरक्षा घेरा बनाएका थिए ।उता सोमबार माओवादी अध्यक्ष पुष्पकमल दाहालले देशको कार्यकारी प्रधानमन्त्री पदको सपथ लिइरहेका बेला बीचमै प्रधानसेनापति रुक्मांगत कटवाल उठेर हिँडेको खबर छ । तत्कालिन विद्रोही माओवादी र राष्ट्रिय सेनादेखि नै कटाक्ष रहेको उनीहरुको सम्वन्ध माओवादी शान्तिमार्गमा आउँदा पनि सुध्रन सकेको थिएन । अहिले राष्ट्रिय सेनालाई विश्वास नगरी आफ्नै सेनाको पहिलो घेराबन्दी सुरक्षा प्रधानमन्त्रीलाई चाहिएपछि उनीहरुको सम्वन्ध सुध्रने देखिन्न ।

0 तपाईका प्रतिक्रियाहरु: