स्मृतिका पन्नाहरु

हावाको क्यान्भासले पल्टाएका स्मृतिका केही पन्नाहरु

3:10:00 am

उपराष्ट्रपतिको घरमा विस्फोट

सामग्री प्रस्तुति Ram Prasad Panta

काठमाडौं/ उपराष्ट्रपति परमानन्द झाको घरमा बम विस्फोट भएको छ । लोडसेडिङ भएको बेला आइतबार साँझ करिब साढे सात बजे मोटरसाइकलमा आएका दुईजनाले बम पड्काएका हुन् । विस्फोट हुँदा उपराष्ट्रपति झा सपरिवार घरभित्रै थिए । झा र उनका परिवार सकुशल छन् भने सुरक्षामा खटिएका एक सैनिक जवान घाइते भएका छन् । गम्भीर घाइते प्युठ श्रीप्रसाद सर्बुजालाई सैनिक अस्पतालमा भर्ना गरिएको छ । झाको घरको पछाडिपट्टबिाट बम हानिएको थियो । घटना भएलगत्तै उपराष्ट्रपतिको घरको निरीक्षणका लागि गृहसचिव उमेश मैनाली, प्रहरी महानिरीक्षक ओमविक्रम राणा, महानगरीय प्रहरी आयुक्त हेमबहादुर गुरुङ र महानगरीय प्रहरी परिसरका एसपी सर्वेन्द्र खनाललगायतका प्रमुख प्रहरी अधिकृतहरू गौरीघाटमा पुगेका थिए । प्रहरी स्रोतका अनुसार उप- राष्ट्रपतिको निवासमा आक्रमणकारीले सुतली बम प्रहार गरेका थिए । सेन्ट्रीपोस्टमुनि नै विस्फोट भएकाले सैनिक प्युठ घाइते भएका हुन् । विस्फोट भएलगत्तै बम प्रहार गर्ने समूह खोज्न र उपराष्ट्रपतिलाई सुरक्षा दिन व्यापक रूपमा सुरक्षाकर्मी परिचालन गरिएको छ । प्रहरीले अहिलेसम्म कसले बम पड्काएको हो सो पत्ता लगाउन सकेको छैन । महानगरीय प्रहरी प्रभागका अनुसार उपराष्ट्रपतिको निवास क्षेत्र सामान्य छ । विस्फोट गराउनेले घटनास्थलमा कुनै पर्चा र संकेत नछोडेको प्रहरी निरीक्षक गंगा पन्तले जानकारी दिइन् । उनले भनिन्, 'हामी अनुसन्धान गरिरहेका छौं, तर यसैले घटना घटाएको हो भन्ने आधिकारिक कुनै तथ्य फेलापरेको छैन ।' उनका अनुसार विस्फोबाट उपराष्ट्रपतिको घरको एउटा झ्यालको सिसा फुटेको छ ।

0 तपाईका प्रतिक्रियाहरु: